ल्होछारको लागि कलाकार हरु केही समयमा युके आइपुग्दै

 

काठमाडौं । चर्चित नेपाली कलाकारद्वय मेलिना राई र नरजंग गुरूङ बुधबार बिहान बेलायततिर लागेका छन् । 
तमुधिं युकेको निम्तोमा नेपाली पप तथा आधुनिक गायिका राई र गायक नरजंग गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतका लागि प्रस्थान गरेका हुन् । कलाकारलाई विमानस्थलमा बिदाई गर्ने क्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष एवं एभरेष्ट टाइम्सको नेपाल समूहका स‌ंयोजक डण्ड गुरुङ पनि सहभागी थिए ।  
गायक गुरुङ र गायिका राईको टोलीमा धार्मिक प्रवचनका लागि गुप्ता लामा गुरु पनि युके प्रस्थान गरेका छन् । 
गायियका राईले स्वर दिएको शिरैमा शिरबन्दी, कम्मर माथि पटुकीलगायत लोकप्रिय गीतहरु छन् । 
उनीहरुले युकेमा आयोजना हुने तमु ल्होछार संगीतमय बनाउने छन् । नेपाल लगायत विश्वका विभिन्न देशमा रहेका गुरुङ समुदायले हरेक वर्ष पुस १५ गतेका दिन तमु ल्होछार मनाउने गर्दछन् । १५ गते ल्होछार मुख्य दिन भए पनि प्रवासमा रहेका केही गुरुङहरुले भने आफ्नो अनुकूलतामा कार्यक्रम आयोजना गर्ने गरेका छन् । 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »