तमुधिं युके नेतृत्वको टोली ‘क्होल सोंथर’ प्रस्थान

काठमाडौं । तमुधिं युके नेतृत्वको टोली गुरुङहरुको ऐतिहासिक थलो क्होल सोंथर अध्ययन भ्रमणको लागि भन्दै त्यसतर्फ लागेको छ ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङसहित ४७ जना शनिबार बिहान पोखराबाट साताव्यापी भ्रमणमा निस्केका हुन् । टोलीमा १६ जना भरियासहित ४७ रहेको भ्रमणमा सहभागी फोटो पत्रकार मिलन तमुले जानकारी दिए । उनका अनुसार कास्कीको मादी गाउँपालिकामा पर्ने क्होल सोंथर अध्ययन भ्रमण ८ गते सकिने छ ।

फोटो पत्रकार तमुका अनुसार भ्रमण टोली लमजुङको घलेगाउँ हुँदै क्होल सोंथर जाने र कास्कीको सिक्लेस गाउँ भएर फर्कने कार्यक्रम तय गरिएको छ । भ्रमण दलका सदस्यहरु बेलायतबाट बिहीबार नेपाल आएका हुन् । भ्रमण दलमा अमेरिका र अस्ट्रेलियामा बसोबास गर्ने र नेपालमा रहेका गुरुङहरुको समेत सहभागिता रहेको छ ।

अन्नपूर्ण हिमाल श्रृंखला लमजुङ हिमालको काखमा अवस्थित क्होल सोंथर अहिले खण्डहरको रुपमा भेटिन्छ । ३७५० मिटरको उचाईमा रहेको क्होलबाट अहिलेको गुरुङ सभ्यता विकसित भएको भन्ने जनविश्वास छ । तमु प्ये (चलन) अनुसार मनाङ्गको मैजु ह्युलबाट आएका सिकारीहरुले धनुषवाणको ढोक्रोमा रहेको करु (उवा) गहुँको प्रजाति छर्दा राम्रो फल लागेपछि सो स्थानमा बस्ती बसालिएको हो । क्होल सोंथरलाई ‘‘क्होल सोप्रे ट्हों’ पनि भनिन्छ । जहाँ ३ वटा बस्ती भएको बुझिन्छ । यसका खण्डहरहरु अझै पनि त्यहाँ भेटिन्छ ।

क्याम्ब्रिज विश्वविद्यालय, नेपाल सरकार, पुरातत्व विभाग र तमु प्ये ल्हु संघको संयुक्त अध्ययनमा १६० घरको भग्नाशेष फेला पारिएको जनाइएको छ । यद्यपि तमु प्येमा ८० घर भएको बुझिन्छ । करिब ४०० वर्ष अघि सो स्थानका गुरुङहरु सिक्लेस, घनपोखरा र इलमपोखरी गाउँमा बसाई सरेको जनश्रृति रहेको भ्रमण संयोजक गुरुङ बताउँछन् । गुरुङहरुको आदिमस्थल क्होल सोंथरको बारेमा बुझ्न र जान्न अत्यन्त जरुरी छ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »