१६ औ गोर्खा कपको पहिलो पुरस्कार राशी २५०० पाउण्ड

बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कप यसपटक अझ व्यापक बनाउन आयोजक तमुधिं यूके जुटेको छ ।</p>

२७ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुन गइरहेको १६ औं गोर्खा कपमा नन भेट्रान (मेन) पुरस्कार 
राशी बढाएर यो वर्ष २५ सय पाउण्ड पुरयाइएको छ । नन भेट्रान र भेट्रान दुवै क्याटेगोरिजमा पुरस्कार राशी आकर्षक बनाइएको हो । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र सेकेन्डले ८०० पाउण्ड पाउने तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए ।</p>

खेल अझ व्यापक बनाउन र खेलाडीको मनोबल बढाउन पुरस्कार राशी वृद्धि गरिएको जनाउंदै अध्यक्ष गुरुङले गोर्खा कपमा अन्य आकर्षण जस्तै ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, पञ्चे बाजा, पाइपर, कल्चरल डान्स, खुकुरी डान्स, खानाका स्टल, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि हुने बताए ।
तमुधिं यूकेले अहिले टिम दर्ताका लागि आव्हान गरिरहेको छ । प्रति टिम दर्ता शुल्क २५० पाउण्ड लाग्ने र टिम इन्ट्री २० मेसम्म खुल्ला रहेको संस्थाले जनाएको छ । म्याच ड्र र टिम घोषणा २० मेमा पत्रकार सम्मेलनमार्फत गर्ने कार्यक्रम छ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »