यसरी सम्पन्न भयो दशौ नेपाली मेला २०१८, यसपटक पनि ‘एम्बासेडर कप’ लमजुङ समाज युकेको हातमा

 

 

क्याम्पटन पार्क, लण्डन । नेपाली समुदाय बेलायतमा बहुप्रतिक्षित नेपाली मेला विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली भाषा, कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका सहित गत २६ अगष्ट आइतबारका दिन लण्डनस्थित क्याम्पटन पार्कमा सम्पन्न भएको हो ।तमुधिं युकेको आयोजनामा सन् २००९ साल देखि आयोजना गरिदै आएको मेलाको मुख्य आर्कषणको रुपमा रहेको एम्बासेडर कप यसपटक पनि लमजुङ समाज युकेले हात पारेको छ । सन् २०१६, २०१७ र २०१८ गरी ३ पटक लगातार लमजुङ समाज युकेले उत्कृष्ट झाँकी तथा नृत्य प्रर्दशन गरी एम्बासेडर कप लैजान सफल भएको हो । त्यस्तै, सिक्लेस पार्चे कम्युनिटी युकेले दोस्रो र घान्द्रुक समाज युकेले तेश्रो उपाधी हात पारेका छन् ।
मेलाको अर्को आर्कषणको रुपमा रहेको नृत्य तर्फको पहिलो उपाधी भने घान्द्रुक समाज युकेले हात पारेको छ । त्यस्तै लमजुङ समाज युकेले दोस्रो र सिक्लेस पार्चे कम्युनिटी युकेले तेश्रो उपाधी प्राप्त गरेका छन् । उत्कृष्ट लमजुङ लाई ‘एम्बासेडर कप’, र गतबर्ष देखि एनआरएनए युकेद्वारा प्रदान गदै आएको ‘एनआरएनए युके कप’, मेडल, प्रमाणपत्र र ११ सय नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । सो अवसरमा उत्कृष्ट बन्न सफल लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङले एम्बासेडर कपवापत प्राप्त नगद पुरस्कार तमुधिं युकेको च्यारिटी प्रयोजनका लागि तमुधि. युकेका अध्यक्ष ज्ञाम गुरुङलाई हस्तान्तरण गरे । त्यस्तै, उपबिजेता अर्थात दोस्रो स्थान प्राप्त गर्ने सिक्लेस पार्चे कम्युनिटी युकेलाई ७ सय पाउण्ड र तेस्रो स्थानमा आउन सफल घान्द्रुक समाज युकेलाई ५ सय पाउण्ड नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । नृत्य तर्फ उत्कृष्ट घान्द्रुक समाज युकेलाई ५०० पाउण्ड, दोस्रो भएका लमजुङ समाज युकेलाई ४०० पाउण्ड र तेस्रो स्थान आउन सफल सिक्लेस पार्चे कम्युनिटी युकेलाई ३०० पाउण्ड नगद प्रदान गरिएको थियो ।

आयोजक तमुधिं युकेले सहभागी संघसंस्थाहरुलाई हौसला प्रदान गर्नका लागि झाँकीतर्फ किरात याक्थुङ युके, पासा पुच गुठी युके र सिक्लेस पार्चे कम्युनिटी युकेलाई सान्त्वना स्वरुप २००/२०० पाउण्ड नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, नृत्यतर्फ किरात याक्थुङ युके र पासा पुच गुठी युकेलाई २००÷२०० पाउण्ड नगद र प्रमाण पत्र प्रदान गरियो । सो पुरस्कारको विभिन्न व्यक्ति, उद्यमी र व्यापारीहरुले प्रायोजन गरेका थिए । मेलाको मुख्य प्रायोजन होप खड्काको अमेरीकी कम्पनी एक्सलट्रिपले गरेका थिए भने अन्य पुरस्कारको प्राजायेजन भेटघाट रेष्टुरेण्ट, पिपल मोर्गेज, मोमो स्टेशन, कविता गुरुङ, क्या. चित्र गुरुङ दुर्लुङ्ग, अस्फोर्ड मलामस्, वाईबिसी क्लिनीङ्ग, मोहन गुरुङ, एलएन पाण्डे, रिया मनी ट्रान्सफर, जिनर्जी, राजाराम गिरी, क्या. राजु गुरुङ, हर्क बहादुर गुरुङ तथा जगनकुमारी गुरुङ, क्रिस्मा एमके हेयर एण्ड व्युटीलगायतले गरेका थिए । मौसम प्रतिकुल रहेता पनि बेलायतमा क्रियाशिल २६ वटा संघसंस्थाले झाँकी तथा नृत्य प्रर्दशनमा आ–आप्mनो जातिय र भेगीय संस्कृतिमा आधारित मौलिक कला प्रस्तुत् गरेका थिए । त्यस्तै, नेपाली युवायुवतीहरुको ढुकढुकी अर्थात् दाजुभाइ व्याण्डको समेत बिशेष प्रस्तुती रहेको थियो । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेला संयोजक एंव तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङले, नेपाली मेला स्वंय एउटा मिनि नेपाल हो भन्दै यसले नेपाली भाषा, सम्भता कला र संस्कृतिलाई लगातार दसबर्ष सम्म प्रर्दशन गर्न सफल भएका जीकिर गरे । उनले मेलाले गर्दा नेपाली संस्कार संस्कृति र कलाको संरक्षण तथा सम्वद्र्धन भएको र युवापिढीलाई आप्mनो पहिचानको बारेमा सचेत हुने अवसर प्राप्त भएको जनाए । त्यस्तै, उनले नेपाली मेला बेलायतमा रहेका नेपाली दूतावास लण्डनको साथ र सहयोग, नेपाली संघसंस्थाहरुको सहकार्य र हौसलाकै सफल भएको बताउदै मेलालाई सहयोग गर्ने उद्यमी, व्यापारी, प्रायोजक, निर्णायक मण्डल, आमा समूह, गायक, कलाकार, वुद्धिजिवि, पत्रकार, मेला तयारी समितिलगायत उपस्थित दर्शकहरुलाई धन्यवाद दिए । दर्शकहरुले प्रवेशद्वारमा लिएको टिकटको आधारमा उडाइएको राफल ड्रका पहिलो बिजेतालाई ट्राभल कन्सुलले लण्डन काठमाण्डौं लण्डनको हवाई टिकट पुरस्कार स्वरुप प्रदान गरेका थिए । त्यस्तै, दोस्रो र तेस्रो पुरस्कारको क्रमश सपन इन्टरटेनमेन्ट र आईएमईले प्रायोजन गरेका थिए । कार्यक्रमलाई प्रमुख अतिथि एंव बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, बिशेष अतिथि एंव एनआरएनए युकेका उपाध्यक्ष कुल आचार्य, तमुधिं युकेका पूर्व अध्यक्षहरु, मेला संयोजक एंव उपाध्यक्ष हित काजी गुरुङले संयुक्त रुपमा रिबन काटी कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाली मेला आयोजना गरिएको दस बर्ष पुगेको अवसरमा दसौं बार्षिकोत्सव केक समेत काटिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदीले नेपाली राजदूतावास लण्डन र नेपाल सरकारको तर्फबाट नेपाली मेला आयोजक तमुधिं युकेलाई हार्दिक आभार सहित बधाई ज्ञापन गरे । उनले बेलायतमा नेपाली मेलाले १० बर्ष पुरा गरेको छ भन्दै ‘नेपाली मेला बेलायतको नेपाली समाजको इतिहास, अभिन्न अंग र पर्व’ भैसकेको बताए । साथै, उनले ‘नेपाली मेला नेपाली समाज बेलायतमा संस्कृतिको रुपमा परिचय र प्रतिस्थापित भैसकेको छ, संस्कृति भैसकेको छ र नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बार्षिक क्यालेण्डरको अभिन्न मिति भैसकेको छ’ भने । त्यस्तै, नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, पर्यटन तथा संस्कृति मन्त्री रबिन्द्र अधिकारी र तमुधिं युकेका संरक्षक एंव एनआरएनए आईसीसीका निवर्तमान अध्यक्ष शेष घलेले नेपाली मेलाको पूर्ण सफलताको कामना सहित भिडियो मार्फत शुभकामना सन्देश दिएका थिए । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले मेलाको समापन गर्दै प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि, दर्शक, कलाकार, पत्रकार, झाँकी तथा नृत्यमा सहभागी विभिन्न संघसंस्था र सिंङ्गो कार्यसमितिप्रति धन्यवाद दिदैं मेलामा उत्कृष्ट बन्न सफल संघसंस्थालाई बधाई ज्ञापन गरे । कार्यक्रममा सहभागी साउथ इस्ट रिजनल तमुधी इकाई, तमु प्ये ल्हु संघ युके, पुन समाज युके, लमजुङ समाज युके, तामाङ्ग सोसाईटी युके, पशुपतिनाथ मन्दिर प्लमस्टिड, सोंपाल समाज युके, तामाङ्ग समाज युके, सिक्लेश पार्चे कम्युनिटी युके, पासा पुचः गुठी युके, गोर्खाली समाज युके, घान्द्रुक समाज युके, चार भन्ज्याङ्ग तमु समाज, रेडिंग तमु समाज युके, बुद्ध फाउन्डेसन युके, तनहुँ समाज युके, कोल्मा बाहाकोट समाज युके, किरात राई यायोक्खा युके, तमुधीं लण्डन इकाई, किरात याक्थुङ्ग चुम्लुङ्ग, तमु धी ओकिङ्ग इकाई, तमु धी केन्ट इकाई, ग्रीनवीच गोर्खाज एक्स सर्भिसमेन एसोसिएसन, हेबन्ली पथ युके, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) र यति एशोसिएशन युकेका प्रतिनिधिहरुले आ–आप्mनो संस्थाको उद्देश्य सहित परिचय दिएका थिए । तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङको संयोजन र महासचिव कृष्ण प्रसाद गुरुङको संचालनमा सम्पन्न कार्यक्रममा तमुधिं युकेको आयोजनामा गत १४ अप्रिल देखि २१ अप्रिल २०१८ सम्म गरिएको गुरुङहरुको ऐतिहासिक थलो क्होला सोंथार भ्रमणका सहभागीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । मेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि तमुधिं युके आमा समूहले प्रवेशद्वारमा बिशेष भूमिका खेलेका थिए भने सिंगो कार्यसमिति, युवा, आजीवन सदस्य, सल्लाहकारहरुले आ–आप्mनो जिम्मेवारी निभाएका थिए । कार्यक्रममा अतिप्रसाद पुन, नरेश खपाङ्गी मगर, तारा गुरुङ, सनम कुमार बैराग र उत्तरमान तिगेला झाँकी तथा नृत्यको निर्णायक भूमिकामा रहेका थिए भने सूर्य गुरुङ, सिर्जना गुरुङ, पुनम गुरुङ, युनिल गुरुङ र योगेश गुरुङले उद्घोषण गरेका थिए ।

 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »