तमुधिं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित

बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यकालको लागि नन्दजंग गुरुङ निर्विरोध छानिएका छन् । २९ सदस्यीय कार्यसमितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका नन्दजंग तमुधिंको दसौं अध्यक्ष हुन् । तमूहरुका आफ्नो संस्कृति, कला, पहिरनलगायत भाषा आदिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित सो संस्थाले एक च्यारिटेबल संस्थाको रुपमा बेलायतमा दर्ता भएको हो ।

नन्दजंग गुरुङले बेलायतको नेपाली समाजमा लोकप्रियता हासिल गरेर विशाल बनेको आफ्नै भवन भएको संस्था तमुधीं यूकेलाई कसरी नेतृत्व प्रदान गर्लान् भन्ने विषय पर्खाइको बनेको छ । हालसम्म संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ (२०००—०४), मेजर डम्बर घले (२००५—०६), मेजर लालबहादुर गुरुङ (२००७—०८), सुवासिङ गुरुङ (२००९—१०), मुछेत्र गुरुङ (२०११—१२), कमल गुरुङ (२०१३—१४), सुर्जे (रामचन्द्र) गुरुङ (२०१५—१६) र ज्ञामबहादुर गुरुङ (२०१७—१८)ले तमू धीं यूकेको सफल नेतृत्व गरिसकेका छन् । 

दशौ कार्यसमितिका नामवली :

१) अध्यक्ष: नन्दजंग गुरुङ ।
२) उपाध्यक्ष: जुमकाजि गुरुङ ।
३) उपाध्यक्ष: हरि गुरुङ।
४) उपाध्यक्ष: हितकाजी गुरुङ।
५) महासचिव: तुलाराम गुरुङ ।
६) सचिव: पर्सुराम गुरुङ।
७) कोषाध्यक्ष: कुमार गुरुङ ।
८) सह कोषाध्यक्ष: कमल गुरुङ।
९) खेलकुद सचिव: क्याप्टेन पितम्बर गुरुङ ।
१०) प्रवक्ता: रोहित कुमार गुरुङ।
११) सांकृती सचिव: ईन्द्र गुरुङ।
१२) प्रेस / वेपमास्टर: सबिन्द्र कुमार गुरुङ ।
१३) सदस्य: मिलन गुरुङ ।
१४) प्रोपर्टी: संयोजक नरेश गुरुङ ।
१५) युवा संयोजक: राजेन्द्र गुरुङ ।
१६) महिला प्रमूख: जगतमाया गुरुङ ।
१७) सदस्य: भोज बहादुर गुरुङ।
१८) सदस्य: मन प्रसाद गुरुङ।
१९) सदस्य: गम बहादुर गुरुङ।
२०) सदस्य: कोल प्रसाद गुरुङ ।
२१) सदस्य: टंक प्रसाद गुरुङ।
२२) सदस्य: श्री प्रसाद गुरुङ।
२३) सदस्य: युवन गुरुङ।
२४) सदस्य: श्री बहादुर गुरुङ।
२५) सदस्य: अरुण गुरुङ।
२६) सदस्य: मदन गुरुङ।
२७) सदस्य: लैच कुमार गुरुङ ।
२८) सदस्य: यम कुमार गुरुङ।
२९) सदस्य: भिम गुरुङ।

 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »