तमुधिं यूकेको आजीवन सदस्य रात्रिभोज सम्पन्न, ४ जना आदर्श तमु र एक जना आदर्श तमस्यो घोषित

लन्डन । तमुधिं यूकेले आजीवन सदस्य रात्रिभोज आयोजना गरेको छ । सन् २०१३ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको रात्रिभोजको सातौं संस्करण गत २६ अक्टोबर शनिबार बेलुकी अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो ।
तमुधिं यूकेका आजीवन सदस्यहरुको मात्र उपस्थिति रहने कार्यक्रममा क्या.रि. नारायणबहादुर गुरुङ एमभिओ, ताराबहादुर गुरुङ, मेजर खुशीमान गुरुङ, शेरकाजी गुरुङ आदर्श तमु र मञ्जु गुरुङलाई आदर्श तमुस्यो घोषणा गर्दै सम्मान गरियो । तमुधिं यूकेलाई विशेष योगदान दिएका आजीवन सदस्यहरुमध्येबाट उत्कृष्ट ४ जनालाई आदर्श तमु उपाधिले सम्मान गरिँदै आएकोमा यस वर्षदेखि एकजना महिलासहित ५ जनालाई आदर्श तमु घोषणा गरिएको हो । त्यस्तै, सदाझै यसपटक पनि तमु पोसाकधारीहरुमध्येबाट तमु पुरुषतर्फ अमर लेम तमु र महिलातर्फ पार्वती गुरुङलाई उत्कृष्ट पोसाकधारी घोषणा गर्दै सम्मान गरियो ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङले तमुधिं यूकेलाई आवश्यक सल्लाह, सुझाव सँगसँगै विभिन्न कार्यक्रम सफल बनाउन आजीवन सदस्यहरुले खेलेको भूमिकाको प्रशंसा गरे । उनले हालै आजीवन सदस्यता लिएका विभिन्न तमुहरुलाई खादा तथा सदस्यताको व्याच लगाई तमुधिं यूकेमा स्वागत गरेका थिए ।

गोर्खा वेलफेयर ट्रष्ट र अक्सफम च्यारिटी संस्थाबाट गत सेप्टेम्बर २० देखि २२ सम्म सम्पन्न आयोजित १०० किमि ट्रेलवाकमा सफलतापूर्वक भाग लिएका तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, कार्यसमितिका सदस्य भिम गुरुङ, आजीवन सदस्य मान गुरुङ र पत्रकार पूर्ण गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो । त्यस्तै सिम्फ्ली हेल्थ साउथ रनले आयोजना गरेको १० माईलको दौड सफलतापूर्वक भाग लिएका तमुधिं यूकेका आजीवन सदस्यद्वय सहारा यूके अध्यक्ष कुमार गुरुङ र उपाध्यक्ष ले.रि. कुसाङ्ग गुरुङलाई समेत खादा लगाई सम्मान गरिएको थियो ।

समारोहमा गत सेप्टेम्बरमा सम्पन्न एनआरएनए यूकेको निर्वाचनबाट सो संस्थाको गरिमामय पद अध्यक्षमा निर्वाचित भएकी तमुधिं यूके आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङ लगायत नवनिर्वाचत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।

तमुधिं यूकेको आजीवन सदस्य रात्रिभोज कार्यक्रमबारे समेटिएको भिडियो चित्रसमेत प्रस्तुत् गरिएको कार्यक्रममा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत् गरेका थिए ।

तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि गुरुङले कार्यक्रमको बारेमा जानकारी दिँदै सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको औपचारिक कार्यक्रम महासचिव तुलाराम गुरुङले सञ्चालन गरेका थिए भने आजीवन सदस्य सूर्य गुरुङले साँस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »