तमु धिं युकेद्वारा गण्डकी प्रदेशमा १३ लाख ३६ हजार आर्थिक सहयोग

एटा संवाददाता ।
लण्डन । नेपाली समुदाय बेलायतमा क्रियाशिल तमुधिं युकेले गण्डकी प्रदेश सरकारलाई पाँचलाख रुपैयाँ, नेपाल पत्रकार महासंघ कास्कीका ३०० जना पत्रकारहरुलाई जनही ६०० रुपैयाँको दरले एकलाख ८० हजार रुपैयाँको कोभिड–१९ बिमा, पश्चिमाञ्चल (गण्डकी) अस्पताललाई एकलाख ५० हजार रुपैयाँ बराबरको ५० थान पीपीई, ३५० थान एन नाईन्टी फाईफ माक्स, तमु कलाकार संघ नेपाललाई एक लाख रुपैयाँ र पोखरा रंगशालामा २७५ विपन्न घरपरिवारलाई तीनलाख ५० हजार रुपैयाँ बराबरको खाद्यन्न सामाग्री वितरण गरेको छ ।

तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङका अनुसार कोभिड–१९ ले विश्वभर संत्रास फैलाईरहेको अवस्थामा १३ जुन शनिबार गण्डकी प्रदेशको कार्यालय पोखरामा एक बिशेष कार्यक्रमको आयोजना गरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पाँचलाख रुपैयाँ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई एकलाख ८० हजार रुपैयाँ र तमु कलाकार संघलाई एक लाख रुपैयाँको तमु धिं युकेका सल्लाहकार मेजर (रि) लक्ष्मीप्रसाद गुरुङले हस्तान्तरण गरेका हुन् । सो अवसरमा तमु धिं युकेका पूर्व अध्यक्षद्वय मेजर (रि) डमर घले र मुछेत्र गुरुङ, सल्लाहकार चन्द्र गुरुङलगायतको बिशेष उपस्थिति समेत रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमु धिं युकेको निमन्त्रणामा गतबर्ष बेलायत भ्रमण गरिएको स्मरण गर्दै तमु धिं युकेले गर्दै आएको सहयोगको प्रसंशा सहित धन्यवाद दिए । त्यस्तै, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले तमु धिं युकेले पत्रकारहरुको बर्तमान परिस्थितिलाई बुझेर कोभिड–१९ बिमा गराइदिएकोमा धन्यवाद दिए । त्यस्तै, तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङले जुममार्फत बेलायतबाट जुट्दै तमु धिं युकेले आप्mनो तर्फबाट गरिएको सहयोगलाई स्वीकार गरिदिनहुन मुख्यमन्त्री लगायत सबैलाई आग्रह गरे । साथै, उनले सो हस्तान्तरण कार्यक्रमको संयोजन गरिदिएकोमा तमु धिं युकेका सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङ लगायत तमु धिं युकेका पूर्व अध्यक्षहरु मेजर (रि) डमर घले, मुछेत्र गुरुङ लगायत सहभागी सबैलाई धन्यवाद समेत दिए ।

त्यस्तै, सोही शनिबार दिउँसो तमु धिं युकेले दोस्रो चरणमा पोखरा रंगशालामा २७५ घरपरिवार खाद्यन्न वितरण गरिएको थियो । र, तेश्रो चरणमा पश्चिमाञ्चल (गण्डकी) अस्पताल पोखरालाई एकलाख ५० हजार रुपैयाँ बराबरको ५० थान पीपीई, ३५० थान एन नाईन्टी फाईफ माक्स प्रदान गरिएको तमु धिं युकेले जनाएको छ । सो अवसरमा शनिबार बिहानै तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुम काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, महासचिव तुलाराम गुरुङ, सचिव पर्शुराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, ह्याम्पसायर अध्यक्ष उत्तर बहादुर गुरुङ र सदस्य मिलन तमु तमु भवन मिचेट गई जुममार्फत सिधैं पोखराको हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।

स्मरण रहोस् तमु धिं युकेले एनआरएनए युकेले शुरुवात गरेको कोभिड–१९ कोषलाई एकहजार ४०१ पउण्ड र गत शुक्रबार फ्रेम्ली पार्क अस्पतालमा खटिएका डाक्टर, नर्स लगायत स्वास्थकर्मीहरुको सहयोगका लागि स्थापनार्थ फ्रेम्ली हेल्थ च्यारिटीलाई एकहजार पाउण्ड सहयोग गरेको थियो ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »