तमु धिं युकेद्वारा फ्रेम्ली हेल्थ च्यारिटीलाई एकहजार पाउण्ड सहयोग

ल्ण्डन । नेपाली समुदाय बेलायतमा क्रियाशिल तमु धिं युकेले फ्रेम्ली हेल्थ च्यारिटीलाई एकहजार पाउण्ड सहयोग प्रदान गरेको छ । शुक्रबार १२ जुनका दिन तमु धिं युकेले फ्रेम्ली पार्क अस्पतालमा गई उक्त सहयोग रकमको चेक प्रदान गरेको हो । विश्वभर कोभिड–१९ ले संत्रास फैलाइरहेको अवस्थामा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप आप्mनै संस्थाभित्र संकलन गरिएको रकममध्येबाट सो च्यारिटीलाई उक्त रकम प्रदान गरिएको हो ।

सो अवसरमा तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङले फ्रन्टलाईनमा रहेर अहोरात्र खटिरहनुभएका डाक्टर, नर्स लगायत स्वास्थकर्मीहरुको सहयोगका लागि स्थापना भएको उक्त फ्रेम्ली हेल्थ च्यारिटीलाई सहयोग गरिएको जनाए । त्यस्तै, महासचिव तुलाराम गुरुङले सहयोगदाताहरुको चाहनाअनुरुपनै एनएचएसलाई सहयोग गरिएको बताए ।

उक्त रकम हस्तान्तरण कार्य क्रममा फ्रेम्ली हेल्थ च्यारिटीका कैट हेल्कर, इमाकर, तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सदस्य तथा फोटो पत्रकार मिलन तमु लगायतको सहभागिता रहेको थियो ।

तमु धिं युके आफै पनि बेलायतको च्यारिटी कमिशनमा दर्ता भएको संस्था हो । जसले थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । करीब एकहप्ता अघिमात्र एनआरएनए युकेले संकलन गरिरहेको कोभिड–१९ राहत कोषका लागि पनि एकहजार ४०१ पउण्ड सहयोग दिएको थियो । त्यस्तै, नेपालमा समेत फ्रन्टलाईन रहेर समाचार संकलनमा खटिरहेका कास्कीका ३०० जना पत्रकारहरुको जीवन बिमा बनाईदिने समेत जनाइएको छ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »