तमु धिं लन्डन इकाईको अध्यक्षमा विष्णु, आमा समूहको अध्यक्षमा कमला निर्वाचित

तमु धिं लन्डन इकाईमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको १३ औं वार्षिकोत्सव तथा अधिवेशनबाट अध्यक्षमा विष्णु गुरुङसहित नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिमा तीन उपाध्यक्षहरु ललितमान गुरुङ, भरत गुरुङ, बेनकुमार गुरुङ, अन्तरसंस्था सम्बन्ध संयोजकमा दिलमाया गुरुङ, महासचिवमा विकास (रक) गुरुङ, कोषाध्यक्षमा नन्द गुरुङ र सहकोषाध्यक्ष प्रेमराज गुरुङ चयन भएका छन् ।

त्यस्तै सम्पत्ति सचिवमा जगत गुरुङ, खाना तथा विभेरेज समिति सचिवमा नारायण गुरुङ र सहायक सचिवमा प्रकाश गुरुङ, सांस्कृतिक सचिवमा कुमार गुरुङ, सहायक सचिवमा मिना गुरुङ, सञ्चार सचिवमा सुशील गुरुङ, एसिस्टेन्ट डेकोरेसन सचिवमा दशरथ गुरुङ छन् । कार्यकारी सदस्यहरुमा लाल क्होला गुरुङ, दल गुरुङ छानिएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ ।

अधिवेशनले तमु धिं लन्डन इकाई आमा समूहको अध्यक्षमा कमला गुरुङलाई चयन गरेको छ । उपाध्यक्षमा देवकला गुरुङ, विनु गुरुङ, महासचिवमा गुना गुरुङ, सहसचिवमा दुर्गा गुरुङ, कोषाध्यक्षमा गुड्डु गुरुङ, सहकोषाध्यक्षमा संगीता गुरुङ, कार्यक्रम संयोजकमा हेलिशा गुरुङ, स्वास्थ्य तथा सुरक्षा सचिवमा समीक्षा गुरुङ, कार्यक्रम सञ्चालक सन्जु घले, सहसञ्चालक सजिना गुरुङ चयन भएका नवनिर्वाचित उपाध्यक्ष भरत गुरुङले जानकारी दिए ।

यस्तै संस्थाको युवा संयोजकमा अभियान गुरुङ, सहसंयोजकमा पुकार गुरुङ र सदस्यहरुमा जेनिका गुरुङ, अनुपमा गुरुङ चयन भएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि संस्थाका वरिष्ठ सल्लाहकार क्याप्टेन प्रेम गुरुङको अध्यक्षतामा ट्रस्टिज तथा निवर्तमान अध्यक्ष दिपक गुरुङ, ट्रस्टिज नारायण गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष हुमकुमारी गुरुङ तथा सल्लाहकार कमला गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । तमुधि लन्डन इकाई सन् २००७ मा स्थापना भएको हो ।

अधिवेशन उद्घाटन सत्रमा एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङ तथा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङलगायतको उपस्थिति थियो ।

कार्यक्रममा तमु धिं लन्डन इकाईले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने क्या. प्रेमबहादुर गुरुङ र स्व. चेतप्रसाद गुरुङलाई तमु धिं लन्डन इकाई २०२० पर्सनालिटी अवार्डबाट सम्मान गरेको छ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »