तमु धिं यूके आमा समूहको नयाँ कार्यसमिति चयन

लन्डन पुस १८ । तमु धिं यूके आमा समूहको नयाँ कार्यसमिति प्रथम जुम मिटिङ सम्पन्‍न भएको छ ।

संस्थापक अध्यक्ष एवं एनआरएन यूकेका अध्यक्ष पुनम गुरुङको प्रमुख आतिथ्यतामा तमु धिं यूके आमा समूहको पाँचौ कार्यसमितिको शुक्रबार शुभकामना आदानप्रदानसहित बैठक सम्पन्‍न भएको हो । अध्यक्ष मन्जु (सीता) गुरूङको अध्यक्षतामा बसेको बैठक बिहान १० बजेबाट सुरु भई ४ बजे समापन भएको थियो । औपचारिक कार्यक्रमका संयोजक एवं उत्कृष्ट उद्घोषक आमा समूहकी सल्लाहकर मन्जु गुरुङ राई थिइन् ।

त्यस्तै प्राविधिक पक्षमा तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले सहयोग पुर्‍याए । कार्यक्रममा सन्ध्या गुरुङ, वरिष्ठ सल्लाहकार नन्दकुमारी गुरुङ,सल्लाहकार बत्ती गुरूङ, सल्लाहकार, पूर्वआमा अध्यक्षहरु, कार्यमितिका सदस्यहरु, तमु धिं लन्डन एकाइ आमा समूहकी अध्यक्ष डिलमाया गुरुङ, महासचिव हेलिसा गुरुङ लगायतको उपस्थिति थियो ।

कार्यक्रमको प्रथम चरणमा उद्घोषक मन्जु गुरुङ राईबाट स्वागत मन्तव्य क्रमश: तमु धिंका परिवारका सदस्यहरुको दिवंगत मृतात्माप्रति मौनधारण गरिएक़ो थियो । तमु धिं यूकेका संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मीनप्रसाद गुरूङको धर्मपत्नी आमा समूहकी सलाहकार स्व. सिमोनाप्रति समर्पित कविता मन्जु गुरूङ राईले वाचन गरेकी थिइन् ।

त्यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष जगतमाया र नवनिर्वाचित अध्यक्ष मन्ज़ु (सीता) गुरूङ, वरिष्ठ सलाहकार नन्दकुमारी गुरूङ, बत्ती गुरूङ, पूर्वअध्यक्षहरु पवित्र गुरूङ, प्रेमा गुरूङ, सकिला गुरूङ, आमा समूहकी संस्थापक अध्यक्ष हाल ग़ैरआवासीय संघका अध्यक्ष पुनम गुरूङ, आमा समूहकी कोषाध्यक्ष जशु वरिष्ठ उपाध्यक्ष सन्ध्या उपाध्यक्ष कमला, उपाध्यक्ष मनिता, तमु धिं लन्डन इकाईका आमा अध्यक्ष दिलमाया, महासचिव हेलिशा, साउथ ईस्ट लन्डनका सहसचिव चन्द्रदेवी र इच्छुक दिदीबहिनीहरुले आमा समूहलाई आआफ्नो शुभकामना एवं प्रोत्साहन स्वरूप धन्यवाद मन्त्यव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको मध्यचरणमा सर्वसहमतिबाट नयाँ कार्यसमितिमा ३० जना सदस्यहरु छनोट गरिएको छ ।
अध्यक्ष- मन्जु (सीता) गुरूङ
वरिष्ठ उपाध्यक्ष-सन्ध्या गुरूङ
उपाध्यक्ष- कमला गुरूङ
उपाध्यक्ष- मनिता गुरूङ
महासचिव- यशोदा गुरूङ
सहसचिव- लिना गुरूङ
कोषाध्यक्ष- यमन्ती गुरूङ
सहकोषाध्यक्ष- ध्रुव गुरूङ
सदस्यहरु
सुषमा गुरूङ
सीता गुरूङ
चन्द्र देबी गुरूङ
इन्द्र गुरूङ
पन्च गुरूङ
सुलोचना गुरूङ
रीता गुरूङ
ईश्वरी गुरूङ
कमला गुरूङ
शान्ति गुरूङ
पवित्र गुरूङ
शोभा गुरूङ
धनॉ गुरूङ
रूपॉ गुरूङ
माला घले
हेलिशा
गुणा गुरूङ
देवकला गुरूङ
बिनु गुरूङ
सुर्य कुमारी गुरूङ
तुलसी गुरूङ
मिना गुरूङ

नन्द गुरुङ

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »