बेलायतकै ठूलो नेपाली इभेन्ट १९ औ गोर्खा कप ‘गोर्खा कप’ २४ जुलाईमा हुने

लन्डन । तमुधिं यूकेले वर्षेनी गर्दै आएको बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खा कप’ आउँदो जुलाई २४ तारिख क्वीन्स एभ्न्यू, अल्डरसट ग्यारिजन सपोर्टस् सेन्टरमा हुने भएको छ । गोर्खा कप गत वर्ष मे महिनामा  हुने तय गरिएपनि कोरोना महामारीका कारण रद्द गरिएको थियो ।
इंग्ल्याण्डमा लकडाउन कायमै रहेपनि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चरणबद्ध रुपमा लकडाउन खोल्दै जाने घोषणा गरेका कारण गोर्खा कपको मिति निर्धारण गरिएको छ ।

जुन २१ देखि अहिले बेलायतमा लागू सबै प्रतिवन्ध हटाइने प्रधानमन्त्रीको आश्वासन अनुरुप तमुधिं यूके ले गोर्खा कपको मिति तय गरेको छl
‘पछिल्लो समय बेलायतमा संक्रमण र मृत्युदरमा सुधार हुँदै गइरहेको परिप्रेक्ष्यमा जुन २१ देखि सम्पूर्ण प्रतिबन्ध हट्ने र गतवर्ष हुन नसकेको गोर्खा कप यसपाली सम्पन्न हुने विश्वास छ’- अध्यक्ष हितकाजी गुरुङले भने ।
यसपटक पनि बिगतमा जस्तै ४० वटा टीमबीचमा खेल हुनेछ, जसमा ३२ वटा युथ र ८ वटा भेट्रान टीम रहने पनि अध्यक्ष गुरुङले जानकारी दिए । १० औं हजारले अवलोकन गर्ने यूकेको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा बेलायतका विभिन्न शहरबाट नेपालीहरुको उपस्थिति हुने गर्दछ ।

प्राय सबै उमेरका मानिसका लागि आकर्षक बनेको गोर्खा कपमा फुटबल खेलका साथै मनोरन्जन र व्यापारिक गतिविधि समेत हुन्छ ।
बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, खाना, वेशभूषाको समेत प्रवर्धन गर्ने विश्वास आयोजकलाई छ ।
गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »