तमुधिं यूकेले आयोजना गर्ने १९ औ गोर्खा कपबारे बृहत् छलफल, सम्पूर्ण तयारी पूरा

 लन्डन  ।

 तमुधिं यूकेको आयोजना हुने लोकप्रिय गोर्खा कपबारे बृहत् छलफल भएको छ । आगामी २४ जुलाईमा हुने १९ औं संस्करणको गोर्खा कपबारे शनिबार भर्चुअल माध्यमबाट छलफल भएको हो । 

स्पोर्टस सेक्रेटरी क्या. देबबहादुर घलेले गोर्खा कपको सम्पूर्ण तायरी तर्जुमा भइसकेको प्रस्तुतिकरण राखेका थिए । त्यस्तै उनले अबको गोर्खा कपमा हुनसक्ने सम्पूर्ण आय-व्यय र कार्यक्रमको कार्यतालिकाबारे जानकारी गराए । अबको गोर्खा कपमा पनि गत वर्षझैं ३२ टिम र ८ टिम veteran गरी ४० टिमको सहभागी हुनेछ । साथमा Parachute jump सांस्कृतिक कार्यक्रम र विभिन्न स्टल र १० वटा restaurant हुनेछ । सम्पूर्ण उपस्थित सल्हाहकार तथा सदस्यहरुबाट एकदमै  महत्वपूर्ण सल्लाह, सुझाव दिएका साथै सम्पूर्णबाट सकारात्मक सुझाव दिएको मिडिया सेक्रेटरी एसके गुरुङले जानकारी दिए ।

उनका अनुसार बैठकमा यो वर्षको गोर्खा कप पहिलाभन्दा अझै उत्साहित हुने आशा व्यक्त गरिएको छ । अध्यक्ष हित काजी गुरुङले शुक्रबार निधन भएका बेलायतका राजकुमार फिलिप र तमुधिंका दिवंगत सदस्य तथा आजीवन सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । अध्यक्ष गुरुङले सम्पूर्ण सल्लाहकारहरु तथा सस्दस्यहरुको सल्लाहलाई मनन गर्दै आगामी हुने गोर्खा कपमा धेरैभन्दा धेरै सहयोगको अपेक्षा गरेका छन् ।

यस वर्षको गोर्खा कपमा कोरोनाको कारणले बेलायत सरकारको नियमलाई ध्यानमा राख्दै मूलगेटमै र ठाउँ ठाउँमै स्यानिटाइजरको व्यवस्था गरिने छ । बिहान  ११:४५ बाट शुरु  गरिएको  बैठक सांझ ६ बजे सम्म सुचारु थियो  । बैठकमा  उपाध्यक्ष हरि गुरुङ ले स्वागत मन्तब्य  राखेका थिए । अध्यक्ष्य  हित काजि गुरुङ को अध्यक्ष्यतामा   महासचिब  परशु  गुरुङ ले संचालन गरेका  थिए  ।

 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »