तमु धिं यूकेद्वारा गण्डकी प्रदेशलाई २५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

लन्डन जेठ २९ । तमु धिं यूकेले गण्डकी प्रदेश सरकारलाई २५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा शनिबार तमु धिं यूकेको आयोजना र बतास फाउन्डेशनको समन्वयमा भएको समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । कोरोना भाइरस महामारी पीडितका लागि तमु धिं यूकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर अत्यावश्यक ठाउँमा पठाउन मुख्यमन्त्री गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिए ।

मुख्यमन्त्री गुरुङले तमु धिं यूके नेपाली र गण्डकी सरकारको सच्चा मित्र भएको उल्लेख गर्दै वर्तमान अध्यक्ष हित काजी गुरुङसहित टिम लगायतलाई धन्यवाद दिए । तमु धिं यूकेले सहयोग अन्त दिन सक्थ्यो तर गण्डकीलाई नै दिने निर्णय गरेकोप्रति पनि मुख्यमन्त्री गुरुङले आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि सोलिडारिटीको अपेक्षा राखे ।

गण्डकी प्रदेश सरकारलाई हस्तान्तरणका लागि अक्सिजन कन्सन्ट्रेटर शुक्रबार प्रदेशको राजधानीको पोखरामा पुर्‍याइएको थियो । यस्तै तमु धिं यूकेले बतास फाउन्डेशनको अक्सिजन प्लान्ट अभियानमा १० लाख रुपैयाँ सहयोग पनि हस्तान्तरण गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकोमा तमु धिं यूकेलाई धन्यवाद दिँदै सहयोग सदुपयोग हुने विश्वास दिलाए । कार्यक्रम संयोजन तथा सञ्‍चालन मेजर लक्ष्मीप्रसाद गुरुङले गरेका थिए ।

कार्यक्रममा नेपालबाट सांसदहरु मिनप्रसाद गुरुङ, मनबहादुर गुरुङ, मिना गुरुङ, तमु धिं नेपाल र तमु धिं यूकेका पूर्वअध्यक्षहरु मेजर डमर घले एमबीई, मुछेत्र गुरुङ, कार्यसमिति सदस्य भोज गुरुङ, तमु धिं नेपालका अध्यक्ष एवं सञ्‍चारकर्मी हुमबहादुर गुरुङ लगायत पदाधिकारीहरु, विभिन्न संगठनका प्रतिनिधि, पत्रकार दीपेन्द्र श्रेष्ठ, खिमा गुरुङ, युग गुरुङ, सुमन गुरुङ लगायतको उपस्थिति थियो ।

बेलायतबाट अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, जुमकाजी गुरुङ, महासचिव परशु गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ, तमुधिं सल्लाहकार मेजर रिटायर्ड कृष्ण गुरुङ, सल्लाहकार तथा सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, पूर्वकोषाध्यक्ष कुमार गुरुङ, सल्लाहकार रोहित गुरुङ, तमु धिं आमा समूहकी महासचिव यशोधा गुरुङ लगायत जुममा जोडिएका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »