एफएनजे यूके टीमलाई तमु धिं यूकेको सम्मान

लन्डन भदौ ८ । बेलायतको अग्रणी नेपाली संस्था तमुधिं यूकेले नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको नवनिर्वाचित टीमलाई सम्मान गरेको छ ।
आइतबार तमुधिं भवन मिचेटमा आयोजित बाह्रौं नेपाली मेलाको प्रेस मिटका अवसरमा एफएनजे यूके टीमलाई सम्मान गरिएको हो । तमु धिं यूके अध्यक्ष हित काजी गुरुङले एफएनजे यूके कार्यसमितिका पदाधिकारी एवम् सल्लाहकारहरुलाई खादा लगाएर संस्थाको तर्फबाट सम्मान गरेका थिए ।
शाखाका अध्यक्ष ध्रुवराज अर्याल, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष एसके गुरुङ, कार्यसमिति सदस्यहरु बाचस्पति रेग्मी, गोमा राना, जयराम तामाङ, बम थापा सूर्यवंशी लगायत सम्मानित भएका थिए ।

त्यसैगरी, शाखाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार नवीन पोखरेल, सल्लाहकार दुत पुनका साथै वीनेपाली डटकमकी सम्पादक फातिमा बानु, गोर्खा मिडियाका प्रकाश गुरुङ, प्रोडक्सन थ्रीका शंकर श्रेष्ठ र राजदीप श्रेष्ठ, खबरयूके डटकमका इन्द्र घोताने, फोटोग्राफर ओमकार गुरुङ लगायतका मिडियाकर्मीलाई पनि सम्मान गरिएको थियो । त्यस अवसरमा तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले एफएनजे यूकेको नयाँ कार्यसमितिलाई संस्थाको तर्फबाट बधाई तथा शुभकामना दिए ।

तमुधिं यूकेले संचालन गर्ने परोपकारी प्रोजेक्टहरुदेखि नेपाली मेला, गोर्खाकप जस्ता मेगा इभेन्टहरु सफल पार्न बेलायतस्थित नेपाली पत्रकार र एफएनजे यूकेको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण उनले गरे । एफएनजे यूके अध्यक्ष ध्रुवराज अर्यालले सम्मानका लागि तमुधिं यूकेप्रति आभार प्रकट गरे ।

तमुधिं र एफएनजे यूकेबीच विगतदेखि रहँदै आएको नजिकको सहकार्य आगामी दिनमा अझै बढी सुदृढ र व्यापक हुँदै जाने विश्वास उनले व्यक्त गरे । photo: Omkar Gurung

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »