तमुधिं यूकेद्वारा गायिका पवित्र गुरुङको बिदाइ

लन्डन ९ जनवरी । तमुधिं यूकेले गायिका पवित्र गुरुङको बिदाइ गरेको छ । बेलायतको मिचेटस्थित तमुधिं भवनमा शनिबार आयोजित एक कार्यक्रममा गायिका गुरुङलाई संस्थाको तर्फबाट उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक जुमकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङलगायतले बिदाई गरेका हुन् । बिदाईका क्रममा गायिका पवित्रलाई उपाध्यक्ष हरि गुरुङले मायाको चिनो र संयोजक जुमकाजीले गिटार उपाहार दिएका थिए ।

तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ कोरोना भाइरस संक्रमणका कारण उपस्थित भएनन् ।

महासचिव परशु गुरुङले सञ्चालन गरेको कार्यक्रममा तमुधिंका सांस्कृतिक सचिव साधुराम गुरुङ, पदाधिकारी, सल्लाहकार एकेन्द्र गुरुङ, कार्यसमिति सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रमको अन्तमा गायिका गुरुङले रमाइला गीतहरु प्रस्तुत गरेर प्राय: सबैलाई नचाइन् । त्यस्तै गायिका गुरुङले पनि तमुधिं यूकेलाई मायाको चिनो प्रदान गरिन् । कार्यक्रममा कोरोना जोखिमका कारण सामाजिक दुरी कायम गरिएको थियो ।

तमुधिं यूकेको निमन्त्रणमा गत २४ डिसेम्बर २०२१ मा बेलायत आएकी गायिका गुरुङ यही १२ जनवरीमा नेपाली फर्कँदै छिन् ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »