तमुधिं यूकेको कार्यवाहक अध्यक्षमा कमल गुरुङ

 तमुधिं यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी कमल गुरुङलाई तोकिएको छ । 

अध्यक्ष हरि गुरुङले आफूसहित अधिकांश कार्यसमिति नेपाल भ्रमणमा रहने भन्दै १३ जनवरी २०२३ देखि ३ फेब्रुअरीसम्मका लागि उपाध्यक्ष कमल गुरुङलाई बुधबार कार्यवहावको जिम्मेवारी तोकेका हुन् । 

‘म लगायत तमुधिं यूकेका अधिकांश कार्यसमिति नेपाल भ्रमणमा रहने हुँदा १३ जनवरी २०२३ देखि ३ फेब्रुअरीसम्मका लागि हामीले हाम्रा उपाध्यक्ष श्री कमल गुरुङज्यूलाई तमुधिं यूकेका कार्यवाहक अध्यक्षको रुपमा नियुक्ति गरेको ब्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै सम्बन्धित संघ संस्था, इकाई र तमुधिं यूकेका सबै सदस्यहरुलाई सोही अनुरुप बुझ्न बुझाउन अनुरोध गरिन्छ ।’

 

२६ डिसेम्बर २०२२ मा हरि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो । उक्त कार्यसमितिले ३१ डिसेम्बरमा आयोजित ल्होछार कार्यक्रमदेखि कार्यभार सम्हालेको थियो । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »