तमुधिं यूके आमा समूहले बेलायतमा आज ‘रेस फर लाइफ’ कार्यक्रम गर्दै

तमुधिं यूके आमा समूहले यस वर्ष ‘रेस फर लाइफ’ कार्यक्रम १६ जुलाई अर्थात् आज गर्ने भएको छ ।

क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको रेस फर लाइफ कार्यक्रम बिहान ११ बजे प्रोस्पेक्ट पार्क रिडिङमा हुने कार्यक्रम संयोजक तथा तमुधिं यूके आमा समूह अध्यक्ष सन्ध्या गुरुङले जानकारी दिइन् । यो दसौं संस्करणको दौड हो ।

संयोजक गुरुङले दौडमा सहभागी भएर कार्यक्रम सफल बनाइदिन अनुरोधसमेत गरेकी छन् । सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको संयोजक सन्ध्या गुरुङले बताइन् ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »