१४ औं नेपाली मेलाबारे तमुधीं यूके र राजदूताबासबीच छलफल

लन्डन । बेलायतमा १४ औं नेपाली मेला आयोजना हुँदैछ । आगामी २७ अगस्टमा लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा हुने मेला सफल पार्न विशेष छलफल कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

तमु धी यूकेका अध्यक्ष हरि गुरुङ लगायत अन्य प्रतिनिधिहरु र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शीर्ष प्रतिनिधिको उपस्थितिमा नेपाली राजदूताबास र तमुधी यूकेबीच छलफल भएको हो । छलफलमा दूतावासतर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, जनरल ब्रिगेडिर रत्न गोदार र द्वितीय सचिव रामबाबु नेपाल तथा बिनु गोदार सहभागी थिए । तमुधींको तर्फबाट अध्यक्ष हरि गुरुङ, सन्ध्या गुरुङ, महासचिव डा. विशाल गुरुङसहित १५ जना प्रतिनिधिहरुको उपस्थिति थियो । 

nepali mela (1)1688300151.jpg

राजदूत आचार्यले यो नेपाली मेला समस्त नेपालीको गौरवको विषय भएकाले यसमा दूतावासको पूर्ण सहयोग हुने आश्वासन दिए । उनले मेलामा अरु देशका डिप्लोम्याट्स निम्त्याउन सक्दो पहल गर्ने पनि बताए । 

 
 

मेला संयोजक तथा तमुधी ंयूके उपाध्यक्ष परशु गुरुङले नेपाली मेलाको शुरुवातदेखि हालसम्मका झलक देखाए । उनले नेपाली मेलाको तयारी कसरी भइरहेको छ भन्नेबारे वृत्तचित्रद्वारा अवगत गराए । उनले स्थानीय क्षेत्रमा लिफ्टलेट वितरण गरेर यसलाई सफल बनाउने योजना पनि सुनाए ।

नेपाली मेलामा दूतावासको प्रत्यक्ष संलग्नता र सहकार्य रहँदै आएको छ । दूतावासकै प्रायोजनमा मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई एम्बासडर कप प्रदान गरिन्छ । विदेशी भूमिमा नेपाली कला संस्कृति, परम्परा रीतिरिवाज र भेषभुषाको जगेर्ना गर्न यो नेपाली मेला महत्वपूर्ण छ ।

तमुधीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङले मेलामा आफ्नो तर्फबाट तयारी भइरहेको र दूतावासबाट थप सुझाव, सल्लाह अपेक्षा गरिएको बताइन् । 

सो अवसरमा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले सैनिक सहचारी रत्नबहादुर गोदार ब्रिगेडियर जनरलमा पदोन्नति भएको फेटा र भांग्रा ओढाएर बधाई दिए । आमा समूहको तर्फबाट पनि आमा समुहकी अध्यक्ष सन्ध्या गुरुङले विनु गोदारलाई क्रमु ओढाई पुष्पगुच्छा प्रदान गरिन् ।

nepali mela (8)1688300102.jpg

nepali mela (6)1688300100.jpg

nepali mela (7)1688300098.jpg

nepali mela (5)1688300095.jpg

nepali mela (4)1688300094.jpg

nepali mela (2)1688300092.jpg

nepali mela (3)1688300089.jpg

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »