तमु धीं यूकेले दियो नेपालका प्रधानमन्त्री ओलीलाई ‘नेपाली मेला’को निम्तो

काठमाडौँ । नेपाल भ्रमणमा रहेको तमु धीं यूकेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

शनिबार दिउँसो मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको तमु धीं यूकेको टोलीले साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगी ओलीसँग भेटवार्ता गरेको हो । भेटमा तमु धीं यूकेले २४ अगस्ट २०२५ मा आयोजना गर्ने नेपाली मेलामा सहभागिताका लागि निम्तो दिएको नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । उनले तमु धीं यूकेले वार्षिक रूपमा गरिने गतिविधिका बारेसमेत प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।  

जवाफमा प्रधानमन्त्री ओलीले समय मिले अन-अफिसियल रूपमा नेपाली मेलामा आउने वाचा गरेका अध्यक्ष गुरुङले बताए ।  सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, काठमाडौँ महानगरपालिकाका उप‍प्रमुख सुनिता डंगोल, इजरायलका लागी नेपाली राजदूत अन्जान शाक्यलगायत पनि उपस्थित थिए ।

तमु धीं यूकेका तेह्रौँ कार्यसमितिका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली झन्डै ३ साताको भ्रमणका लागि शनिबार नेपाल आइपुगेको हो । टोलीमा निवर्तमान अध्यक्ष हरि गुरुङसहित पूर्वअध्यक्ष, ट्रस्टी, सल्लाहकारलगायत सम्मिलित छन् । टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ । जसअन्तर्गत टोली आइतबार बिहान पोखरा प्रस्थान गर्नेछ । आइतबार नै बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछ ।

फेब्रुअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट हुने छ । ५ फेब्रुअरीमा सिक्लेस जाने, ६ मा चित्रे, ८ मा राम्जा आर्थर, ९ मा खाल्ट र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन: पोखरा फर्किनेछ । 

यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती, सहारा एकेडेमी, तम धीं यूकेलाई सम्मानका लागि आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुने छ । सोही दिन तमु धीं आमा समूह भने स्याङ्जातर्फ जाने छ ।

यस्तै १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने, १४ मा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुद्वारा रचित रोधी घरको आँगन भाग चार गीतको छायांकनमा सहभागी हुने र १५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमु धीं नेपालसँग भेटघाट गर्नेछ ।

१५ फेब्रुअरीमा पोखरा म्याराथन, च्यार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ । यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने, १७ मा लमजुङ भ्रमण गर्ने र १९ मा काठमाडौं पुग्ने र एकरात बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको छ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »