डीबीसी यूकेको प्रज्ञापारमिता कार्यक्रममा तमु धींका अध्यक्षको उपस्थिति, ६१० पाउन्ड प्रदान

लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले आयोजना गरेको प्रज्ञापारमिता अथवा ह्युपति बुम वाचन कार्यक्रम तेस्रो दिन तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।  

प्रमुख अतिथि गुरुङले दीप प्रज्वलन गरेर बुधबार तेस्रो दिनको कार्यक्रम सुरु भएको थियो । डीबीसी गुम्बाका अध्यक्ष चन्द्रप्रसाद गुरुङ र संस्थापक अध्यक्ष सुमनकुमार गुरुङले जुमकाजी दम्पतीलाई अध्यक्ष भएकामा खादा फेटा र फूलको गुच्छा दिएर सम्मान गरेका थिए ।

यस्तै श्रीलामा गुरुले पनि सम्मानस्वरुप खादा लगाइदिएका थिए । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि खादा लगाएर सम्मान गरिएको थियो ।

अध्यक्ष जुमकाजीले सम्मानका लागि गुम्बा परिवारलाई धन्यवाद दिए । सो अवसरमा उनले तमु धीं यूकेका तर्फबाट गुम्बालाई ५०५ पाउन्ड सहयोग पनि प्रदान गरे । यस्तै अध्यक्ष दम्पतीले आफ्नो व्यक्तिगत रूपमा १०५ पाउन्ड पनि पूजाको लागि सहयोग गरेका छन् ।

डीबीसी गुम्बाका उपाध्यक्ष मीनकाजी गुरुङले स्वास्थ्य र सुरक्षाको बारेमा जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए । स्वागत मन्तव्य पनि उनैले राखेका थिए ।

अन्त्यमा गुम्बाका अध्यक्ष चन्द्रप्रसाद गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »