तमुधिं यूकेद्वारा सांसद डा. गुरुङको स्वागत तथा सम्मान

लण्डन

201609031472948657idअल्डरसट । तमुधिं यूकेद्वारा नेपालका सांसद डा. गणेशमान गुरुङको स्वागत तथा सम्मान गरेको छ । उनलाई गत शनिबार अल्डरसटस्थित रोयल कोरिया रेष्टुरेण्टमा स्वागत तथा सम्मान गरेको हो । सो अवसरमा उनीस“गै रहेका उनको श्रीमति सरस्वत गुरुङलाई समेत खादा लगाई स्वागत गरिएको थियो । नेपालबाट हाल बेलायत भ्रमणमा रहेका रिवान निवासी क्याप्टेन डमर बहादुर गुरुङ र दुधपोखरी समाज पोखराका अध्यक्ष सुवेदार टोप बहादुर गुरुङलाई समेत खादा लगाई स्वागत गरियो ।

तमुधिं यूकेका सल्लाहकार, कार्यसमिति र शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको सो स्वागत कार्यक्रममा डा. गुरुङ,  क्या. गुरुङ  र सुवेदार गुरुङले आ–आफ्नो भनाइ राखेका थिए । त्यस्तै सो अवसरमा बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेका अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ लगायत विभिन्न उपस्थित तमुहरुले अतिथिहरुलाई खादा लगाई स्वागत गरेका थिए ।

तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव हरि गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »