गोर्खा कपको उपाधी क्वीन्स गोर्खा सिग्नल रातोलाई

लण्डन

201605301464639634idगत आइतबार सम्पन्न १४ औं गोर्खा कपको नन भेट्रानतर्फ क्यूजिएस् सिग्नल्स् रातोले जितेको छ । क्वीन्स् एभिन्यू फुटबल मैदान, अल्डरसटमा आयोजित प्रतियोगिताको फाइनलमा बी १३ लाई १ को विरुद्ध २ गोल हानी क्यूजिएस् सिग्नल्स् रेडले पहिलो उपाधि जितेको हो । विजेता टिमलाई पहिलो नगद पुरस्कारका प्रायोजक एभरेष्ट मनी एण्ड हिमालयन ट्राभल्स अल्डरसटका संचालक मुछेत्र गुरुङ र कमल गुरुङले दुई हजार पाउण्डको चेक हस्तान्तरण गरेका थिए भने प्रमुख अतिथि एंव रसमुर बोरो काउन्सिलका मेयर ज्याकी भोस्पेरले मुख्य ट्रफी प्रदान गरेकी  थिईन् । त्यसैगरी दोश्रो भएका बी १३ टिमलाई द गोर्खाज् एकता इन्टरनेश्नल ग्रुप हङ्गकङ्गका डाईरेक्टर त्रिलोक गुरुङका छोराले एकहजार पाउण्ड नगद पुस्कार र ट्रफी प्रदान गरेका थिए ।

३२ वटा नन् भेट्रान र १० भेट्रान टिमले भाग लिएको सो नाईन ए साईड फुटबल प्रतियोगिताको भेट्रानतर्फको खेलमा केन्ट एफसीले १ को विरुद्ध ४ गोल गरी इलाम एफसी हराएका थिए । भेट्रानतर्फको बिजेता टिमलाई पहिलो भेट्रान पुरस्कारका प्रायोजक खुशीमान गुरुङले एकहजार पाउण्डको चेक हस्तान्तरण गरेका थिए भने तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । त्यसैगरी दोस्रो भएका इलाम एफसीलाई क्रिस फुडका प्रोपाईटर कृष्ण तिमिल्सीनाले ७ सय पाउण्ड नगद पुरस्कार प्रदान गरे ।

युवा र प्रौढहरुको समेत बाक्लो उपस्थिति रहेको सो प्रतियोगितामा  क्यूजिएस् सिग्नल्स् रेडका गमबहादुर गुरुङ म्यान अफ दि म्याच (नन भेट्रान) भए भने टप स्कोरर प्रदीप गुरुङ बनेका थिए ।  म्यान अफ दि म्याच खेलाडीलाई गोर्खा बुलिङ्ग एण्ड भल्टका निर्देशक प्रशान्त थापाले करीब ४ सय पाउण्ड मूल्य बराबरको सुनको उपहार प्रदान गरेका थिए । त्यसैगरी शिव गुरुङले पनि पुरस्कार प्रदान गरे ।

आयोजक तमुधिं यूकेले प्याराजम्प र सुपर भेट्रान खेल हुने पूर्व जानकारी गराईएता पनि सो प्याराजम्प र सुपर भेट्रान खेल भने विविध कारणवश हुन सकेन । करिब सात हजार दर्शकको अपेक्षा गरिएको गोर्खा कपमा सात हजार भन्दा बढीको उपस्थिति रहेको र मौसमले अत्यन्तै साथ दिएकोले पनि प्रतियोगिता पूर्ण रुपमा सफल भएको आयोजकको भनाई थियो ।

सन् २००३ देखि लगातार प्रत्येक बर्ष आयोजना गर्दै आएको गोर्खा कप प्रतियोगिताको स्तरमा बृद्धि हुनुका साथसाथै सिङ्गो नेपाली समुदाय बेलायतको उपस्थिति बढ्दै गएको आयोजकको भनाई छ । फुटबल त धेरैको लागि बाहना मात्र थियो । धेरैजसो दर्शकहरुलाई खेल हेर्न भन्दा पनि भेटघाट र रेष्टुरेण्टको विभिन्न स्वादमा रमाएका थिए ।

नेपाली समुदाय बेलायतले आयोजना गर्दै आएको एभेन्टहरुमध्ये गोर्खा कपलाई सबभन्दा ठूलो इभेन्टको रुपमा लिने गरिन्छ । सुरक्षा संयन्त्रलाई अत्यन्त व्यवस्थित गरिएको सो प्रतियोगितामा एम्बुलेन्स, प्रहरी, फस्ट एडर, चर्पी, कारपार्क, १० वटा खानाको स्टल, ब्रिगेड अफ गोर्खाजको ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली नृत्य, तेक्वान्दो र ४० वटा व्यापारिक तथा च्यारिटेवल स्टलहरु थिए ।

तमुधिं यूकेका खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङको संयोजन, ले.रि. कुसाङ गुरुङ र  कुमार गुरुङको सहसंयोजनमा सम्पन्न भएको सो खेलमा तमुधिं यूकेका आजीवन सदस्य, सल्लाहकार, कार्यसमिति, ईकाई, शुभचिन्तक, आमा समूह, युवा, ब्रिगेड अफ गोर्खाज गलगायतले खेल सम्पन्न गर्नका लागि बिशेष भूमिका निभाएका थिए ।

रसमुर बरो काउन्सिलका मेयर ज्याकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा नेपाली दूतावास लण्डनका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्रिगेड अफ गोर्खा, प्रायोजक, स्थानीय प्रहरी, काउन्सिल र खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »