लण्डन
मिचेट । तमुधिं यूकेले आउने २९ मे आइतबारका दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा आयोजना गर्न लागेको १४औं गोर्खा कपको तयारी पुरा भएको बताएको छ । सो कुरा गत आइतबार २२ मे का दिन तमुधिंद्वारा तमूधिं भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा तमूधिं यूकेका खेलकुद सचिव क्या. पिताम्बर गुरुङले जानकारी दिएका हुन् । उनले हेल्थ एण्ड सेफ्टीलाई बिषेश महत्व दिादै सुरक्षा संयन्त्रलाई व्यवस्थित गरिएको बताउादै यसबर्ष नन्भेट्रानतर्फ ३२ वटा टिम, भेट्रानतर्फ १० वटा टिम र सुपर भेट्रनतर्फ १२ वटा भाग लिने जनाए ।
प्रतियोगितामा नन्भेट्रानतर्फ प्रथम हुनेलाई २००० पाउण्ड र द्वितीय हुनेलाई १५०० पाउण्ड, भेट्रानतर्फ प्रथमलाई १००० पाउण्ड र द्वितीयलाई ७०० पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताए । साथै, मेन अफ द म्याचलाई करिब ४०० पाउण्डबराबरको सुनको जलप भएको ट्रफी प्रदान गरिने भएको छ । ट्रफी प्रशान्त थापाले प्रायोजन गर्ने भएको छ भने शिव गुरुङले पनि स्पोन्सर गर्ने आयोजकले जनाएको छ ।
खेललाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आयोजक तमुधिं यूकेले गोर्खा कपको छुट्टै लोगो तयार गरिएको बताउादै अब छिट्टै गोर्खा कपको वेभसाईट लन्च गरिने आयोजकको भनाई छ । यसबर्ष खेल मैदाको लेआउट गतबर्ष भन्दा केही फरक हुने बताउादै यसबर्ष अन्य समुदाय दर्शकहरुको समेत सहभागिता रहने जनाए ।
खेलकुद सचिव क्याप्टेन गुरुङले पत्रकार सम्मेलनमा करिब ७००० जना खेलप्रेमी दर्शकहरुको उपस्थिति हुने अपेक्षा गरिएको गोर्खा कपमा फुटबलप्रति इच्छुक नेपाली युवाहरुलाई बढी भन्दा बढी फुटबलमा सहभागी गराई सफल खेलाडीको रुपमा स्थापित गराउने उद्देश्य राखिएकोले आगामी दिनहरुमा गोर्खा कपका उत्कृष्ट खेलाडीहरुलाई स्थानीय स्कोटसाग सहकार्य गरी प्रशिक्षण गर्ने योजना बनाएको बताए । साथै उनले यसबर्ष फुटबल सागसागै नृत्य, ब्रिगेड व्याण्ड, प्यारा जम्प, मार्शल आर्टस् डिस्प्ले लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने बताए ।
आमा समूह र युवाहरुको बिशेष सक्रियता रहने यसबर्षको गोर्खा कपको सहायोगार्थ युवाहरुले ४ सय पाउण्ड आर्थिक सहयोग गरेको बताउादै बिजयी १५ जना खेलाडीहरुलाई नेपाली चलचित्र जंगेको टिकट उपलब्ध गराउने चलचित्र समूहले प्रतिबद्ध व्यक्त गरेको पत्रकार सम्मेलन जानकारी गराए । नेपाली दुतावास लण्डनका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, स्थानीय काउन्सिल, स्थानीय प्रहरी र नेपाली संघ संस्थाका प्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने बताए ।
करिब ३४ हजार अनुमानित खर्च हुने जनाइएको पत्रकार सम्मेलनमा संयोजक क्या. गुरुङले स्वास्थ्य र सुरक्षालाई बिषेश ध्यान दिइने बताउादै त्यसदिन ५० वटा सेक्यूरिटी अफिसर, ७ जना प्रहरी, २ वटा एम्बुलेन्स र मेडिकल टिम रहने बताए । साथै, ८०/९० जना स्वंयसेवक, स्वयंसेवक, युवा र आमा समूहले बिशेष भूमिका निभाउने छ । त्यस्तै, १० वटा रेष्टुरेण्ट, ३१ वटा आर्ट एण्ड क्र्याफ्टको स्टल रहनेछन् । बिहान ९:३० बजेबाट शुरु हुने गोर्खा कपमा स्वास्थ्य तथा सुरक्षा, प्राथमिक उपचार, इभाक्यूएसन प्लान, ट्राफिक म्यानेजमेन्ट, कार पार्किङ्ग, फोहोरमैला व्यवस्थापन, इर्मजेन्सी गेट र अस्थायी शौचालयको समेत व्यवस्था गरिएको बताए ।
कार्यक्रममा अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, कुमार गुरुङ र उपाध्यक्ष नन्दजङ्ग गुरुङले टिम ड्र गराएका थिए । विभिन्न टिमका प्रतिनिधि, तमुधिं यूकेका सल्लाहकार एवं पदाधिकारीहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा सैनिक आवाजका डा. चन्द्रबहादुर गुरुङ, एभरेष्ट टाइम्सका हरिकुमार (काजी) गुरुङ, पूर्ण गुरुङ, फोटो पत्रकार मिलन तमु, एभरेष्ट टाइम्स डटनेटका सविन्द्रकुमार गुरुङ, पत्रकार भिम बानियाा र बाचस्पति रेग्मीको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष रामचन्द्र (सूर्य) गुरुङले उपस्थित पत्रकारहरुलाई खादा लगाई स्वागत तथा सम्मान गरे ।
पत्रकार सम्मेलनको अन्त्यमा अध्यक्ष गुरुङले उपस्थित सबै पत्रकारहरुलाई धन्यवाद दिादै तमुधिं यूकेले आयोजना गर्न लागेको १४ औं गोर्खा कपमा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई सहभागि भइदिन हुन अनुरोध गरे । तमुधिं यूकेका अध्यक्ष रामचन्द्र (सूर्य) गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए भने पत्रकार सम्मेलनको व्यवस्थापन मिडिया सेक्रेटरी रोहित गुरुङले मिलाएका थिए ।



