तमुधिं केन्ट इकाईको अध्यक्षमा क्या.रि.सूर्यप्रकाश

लण्डन

एटा सम्वाददाता –

201604261461714782idकेन्ट । तमुधिं यूकेको केन्ट ईकाईको चौंथो अधिवेशनले क्या.रि. सूर्यप्रकाश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । गत शनिबार १६ अप्रिल २०१६ का दिन लेमन लिफ रेष्टुरेण्टमा सम्पन्न संस्थाको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थापक अध्यक्ष ले. किशोर कुमार गुरुङले तीन कार्यकालसम्म अध्यक्षको जिम्मेवारी लिँदै आएका थिए । सल्लाहकार क्या. धन गुरुङको प्रस्तावलाई अध्यक्ष क्या.रि. सूर्य प्रकाश गुरुङले स्वीकार गरेर अध्यक्षको जिम्मेवारी लिएका हुन् ।

तमुधिं यूकेका पूर्व खेलकुद सचिव एवं सल्लाहकार क्या. रि. सूर्यप्रकाश गुरुङ यसअघि सोही ईकाईका सल्लाहकार पनि थिए । उक्त नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, सचिवमा ईन्द्रसिं गुरुङ र सहसचिवमा सूर्य गुरुङ, कोषाध्यक्षमा कुमार घले र राजेश गुरुङ, सदस्यहरुमा भिमबहादुर गुरुङ, डमर गुरुङ, रनध्वज गुरुङ, बुद्ध गुरुङ, भुपबहादुर गुरुङ, हरि गुरुङ, रक्षे गुरुङ, मदन गुरुङ, मोहन गुरुङ र ठाकूर गुरुङ निर्वाचित भएका छन् ।

सो अवसरमा तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले नवनिर्वाचित अध्यक्ष लगायतका नयाँ कार्यसमितिलाई खादा ओढाएर बधाई दिए । त्यसैगरी सो अधिवेशनमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, पूर्व अध्यक्ष मे.रि. डमर घले एमबिई, एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष ज्ञाम गुरुङ, नन्दजङ्ग गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, हमसयार ईकाईका अध्यक्ष उत्तर बहादुर गुरुङ र लण्डन ईकाई अध्यक्ष दिपक (डेभिड) गुरुङले बधाई तथा शुभकामना दिएका थिए ।

सो अधिवेशनमा तमुधिं यूकेका कोषाध्यक्ष जुमकाजी गुरुङ, दिपक गुरुङ, सल्लाहकार खेम गुरुङ, महासचिव हरि गुरुङ, क्या. तिर्थ गुरुङ, क्या. एकनारायण गुरुङ र केन्टका विभिन्न भागबाट प्रतिनिधित्व गरेका विभिन्न महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा धर्मगुरु पेम्बा दिल लामा गुरुङ, पूर्व सल्लाहकारहरु, क्या.रि. तिर्थ गुरुङ, अमर गुरुङ र तुलसी गुरुङ, क्या. धन गुरुङ र व्यापार–व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक ज्ञाम गुरुङले सहयोगीहरुलाई स्वागत धन्यवाद दिएका थिए । अध्यक्ष ले.रि. किशोर गुरुङले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदैं नवनिर्वाचित अध्यक्ष र कार्यसमितिलाई पूर्ण मद्दत पु¥याउने प्रतिवद्धता व्यक्त गरे । तमुधिं अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले आउ“दो कार्यकालमा सबैको सहयोग लिएर तमुधिंको प्रतिष्ठालाई उ“चो बनाउने बताउदै केन्ट शाखाको सहयोगका लागि आफू कटिवद्ध रहेको जनाए ।

शाखाका अध्यक्ष ले.रि. किशोर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशन शाखाका सचिव ईन्द्र सिं गुरुङले संचालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »