गोर्खा कपको तयारी बैठक सम्पन्न

लण्डन

मिचेट । नेपाली समुदायमाझ बेलायतमा निकै लोकप्रिय रहेको गोर्खा कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सो 201604261461714692idकुराको जानकारी आयोजक संस्था तमुधिं यूकेका खेलकुद सचिव क्याप्टेन पितम्बर गुरुङले गराएका हुन् ।

उनले आइतबार १७ अप्रिलमा तमुधिं भवन मिचेटमा सम्पन तयारी बैठकमा सो जानकारी दिएका हुन् । बैठकमा उपस्थित धेरैजनाको गोर्खा कपप्रतिको जिज्ञासाबारे खेलकुद सचिव क्या. गुरुङ र ले.(रि) कुसाङ्ग कुमार गुरुङले जानकारी गराएका थिए । करीब ३५ हजार पाउण्ड अनुमानित खर्च लाग्ने बेलायतको सबैभन्दा ठूलो टुर्नामेन्ट भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि तमुधिं यूकेले गोर्खा रिसोर्स ग्रुप लिमिटेडको दक्ष सेक्यूरिटी ग्रुप, हमसायर पुलिस, सातवटा ईकाई, सल्लाहकार, युथ र आमा समूह परिचालन गर्ने भएको छ ।

भेटरेनतर्फ टिम पुरा भएको र मेन टिमतर्फ २० भन्दा बढी टिम दर्ता भएको टुर्नामेन्टका सदस्य कुमार गुरुङले बैठकलाई जानकारी दिए । बैठकमा ले.रि. मुक्तिजङ्ग गुरुङले सेक्यूरिटीसम्बन्धि, क्या.रि. सूर्यप्रकाश गुरुङले हेल्थ एण्ड सेफ्टी सम्बन्धि, क्या.रि. तिर्थप्रसाद गुरुङले पोर्टवल लु, हमसायर ईकाईका अध्यक्ष उत्तर कुमार गुरुङले कार पार्क, उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्टल र श्रीमती जसु गुरुङले आमा समूहले पु¥याउने सहयोगहरुबारे आ–आफ्नो धारणा प्रस्तुत् गरेका थिए । 

सो बैठकमा सल्लाहकार मे.(रि.) खुशिमान गुरुङले तमुधिं भवनको मोर्गेजको बारेमा आप्mनो जिज्ञासा प्रस्तुत गरे । गोर्खा कपलाई सफल बनाउनका प्रयास जारी राख्ने निधो गरेको बैठकले आगामी मे २१ गते पत्रकार सम्मेलन गर्ने र प्रचार प्रसारलाई तिब्र गराउने योजना बनाएको मिडिया सेक्रेटरी रोहित गुरुङले बताए । बैठकमा ईकाईका अध्यक्ष, भूपू अध्यक्ष र सल्लाहकारहरुले समेत आ–आफ्नो राय सुझावहरु पेश गरे ।

बैठकमा नवनिर्वाचित केन्ट ईकाईका अध्यक्ष क्या.रि. सूर्यप्रकाश गुरुङ र श्रीमती अनिता गुरुङलाई तमुधिं अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले खादा ओढाएर सम्मान तथा बधाई दिएका थिए । उक्त समयमा नया“ आजीवन सदस्य शुलभ गुरुङ र श्रीमती ममता गुरुङलाई खादा ओढाएर सम्मान गरेका थिए । बैठकमा सल्लाहकार क्या. राजु गुरुङले तमु संस्कार संस्कृति कार्यक्रमको समीक्षाबारे अवगत गराए ।

संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, पूर्व अध्यक्षद्वय मे.रि. डमर घले एबिई र कमल गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, जङ्ग बहादुर गुरुङ, मे.रि. खुशिमान गुरुङ, क्या. चित्रबहादुर गुरुङ, मेजर समुन्द्र गुरुङ, ले.रि. चन्द्रबहादुर गुरुङ, ले. मुक्तिजङ्ग गुरुङ, दिपक (डेभिड) गुरुङ, क्या प्रेम बहादुर गुरुङ, क्या. सूर्यप्रकाश गुरुङले गोर्खा कपबारे सल्लाह र सुझावहरु राखेका थिए । गोर्खा कपमा डोनेशन तथा पोर्टवल लु क्याम्पेनको लागि सल्लाहकार मिन (साईला) गुरुङ, तर्कजङ्ग गुरुङ र सहकोषाध्यक्ष दिपक गुरुङलाई जिम्मा दिइएको छ ।

आकर्षणको रुपमा विगत जस्तै प्रशस्त खाना स्टल, रेष्टुरेण्ट, आर्ट एण्ड क्राफ्ट स्टल, प्यारा जम्प, ब्रिगेड व्याण्ड, नृत्य र तेक्वान्दो मार्शल आर्ट आदि रहने संयोजक क्या. पितम्बर गुरुङले बताए ।

तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो बैठक उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका महासचिव हरि गुरुङले बैठक संचालन गरेका थिए ।

 

 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »