तमुधिं यूकेद्वारा कलाकारहरुको बिदाई

लण्डन

201601221453495901idतमुधिं यूकेले तमु ल्होछारको अवसरमा नेपालबाट आएका कलाकारहरुलाई एक कार्यक्रमबीच बिदाई गरेको छ । गत आइतबार १७ जनवरी २०१६ का दिन मिचेटस्थित तमुधिं भवनमा आयोजित बिदाई कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले नायक तथा गायक राजु गुरुङ, गायीका जुनु रिजाल काफ्ले र निता गुरुङलाई खादालगाई बिदाई गरे । उनीहरु गत २ जनवरीका दिन तमुधिं यूकेले रेडिङ्गमा आयोजना गरेको तमु ल्होछार कार्यक्रमका लागि अतिथि कलाकारका रुपमा नेपालबाट आएका हुन् । सो अवसरमा गायीका जुनु रिजालले काठमाण्डौंमा निमार्ण हुन लागेको एनआरएन भवनलाई २५ हजार रुपैया र बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाईन् भने तमु कलाकार संघ नेपालका अध्यक्ष समेत रहेका राजु गुरुङले तमुधिं यूकेको प्रसंशा गर्दै मायाको चिनो स्वरुप स्मारिका प्रदान गरे । त्यसैगरी गायक गणेश गुरुङले तमु भाषा, कला र संस्कृतिका लागि आफूले जानेको र बुझेका कुरा जानकारी गराउन सदा तत्पर रहेको बताए । 
सो कार्यक्रममा गत रेडिङ्गमा आयोजित ल्होछार कार्यक्रममा आफ्नो कला प्रस्तुत् गरेका स्थानीय नेपाली गायक गणेश गुरुङ, गायिका कुमारी गुरुङ पनि प्रसंशा पत्र सहित सम्मानित भए । त्यसैगरी रेडिङ तमु समाजका निश्मा घले, श्रृष्टि चन्द, आयुस घले, बिनोद राना, सुमिता गुरुङ र नृत्य निर्देशक ले.रि. लालबहादुर गुरुङलाई सम्मान गरियो । त्यसैगरी  अल्डरसटका कलाकारहरु रुबी गुरुङ, अर्पन गुरुङ, कल्याण गुरुङ, समिता गुरुङ, दिव्य राई, कोपिला लिम्बुलाई तमुधिं यूके आमा समूहकी अध्यक्ष पवित्र गुरुङले प्रसंशा पत्र सहित सम्मान गरिन् । सम्मानकै क्रममा सोंपाल समाजका कलाकारहरुको उपस्थिति नभएको कारण उनीहरुको प्रसंशा पत्र सोंपाल समाजका महासचिव जगदिश गुरुङ र टेकबहादुर गुरुङले बुझेका थिए भने गोर्खा जिल्ला गुरुङ समाजका कलाकारहरुको दिनेश गुरुङले बुझिदिएका थिए । सोही अवसरमा तमुधिं आमा समूहकी पूनम गुरुङ, विमला गुरुङ र पूजा गुरुङ पनि सम्मानित भएकी थिईन् । त्यसैगरी क्या.रि. हरिबहादुर थापा, धन बहादुर गुरुङ, तारा बहादुर गुरुङ, फोटोग्राफर मिलन तमु, शंकर गुरुङ, भिडियोग्राफर बिशन गुरुङ, वेभमास्टर सविन्द्र कुमार गुरुङ र मान गुरुङ, सपन इन्टरटेन्टमेंनका सपन राई, एभरेष्ट टाइम्स र पत्रकार पूर्ण गुरुङलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । तमुधिं यूकेका भूतपूर्व अध्यक्ष मे.रि. डमर घले एमबिई र भूपू प्र.अ. एंव गीतकार तथा साहित्यकार एकेन्द्र गुरुङलाई तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पठाइएको प्रसंशा पत्र प्रदान गरिएको थियो । 
तमुधिं यूकेका भूतपूर्व अध्यक्ष मे.रि. डमर घले एमबिई, पूर्व अध्यक्ष कमल गुरुङ, सल्लाहकार, आजीवन सदस्य, कार्यसमितिका पदाधिकारी एंव सदस्य, आमा समूहलगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत् गरेका थिए भने गोर्खा किचनले खानाको व्यवस्था गरेका थिए ।  
तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव हरि गुरुङले कार्यक्रम संचालन गरेका थिए । 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »