लण्डन
सुमल कुमार गुरुङ – गत १६ जनवरी २०१६ शनिबारका दिनमा तमुधिं यूकेले तमुहरुको रीतिरिवाज, परम्परा, संस्कृति, भेषभूषा तथा
भाषासाहित्य सम्बन्धि बृहत दोश्रो अन्तरक्रिया सम्मेलन मिचेट स्थित तमुधिंको सभाहलमा आयोजना गरेको थियो । तमुधिं यूकेका सल्लाहकार क्या. रिटायर्ड राजु गुरुङको संयोजन तथा तमुधिं यूकेका महासचिव हरि गुरुङको सहसंयोजनमा उक्त बृहत कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रमका सभापति प्रमुख संयोजक क्या. राजु गुरुङ थिए भने तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङ र प्ये ल्हु संघ यूकेका अध्यक्ष सोम तोर्जे गुरुङ विशेष अतिथि रहेका थिए । झण्डै ७२ वटा तमु संघसंस्थाहरुको प्रत्तिनिधिहरु तथा अध्यक्षहरु सहभागिता रहेको यस कार्यक्रमलाई तमुधिं यूकेका महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए ।
भाषासाहित्य सम्बन्धि बृहत दोश्रो अन्तरक्रिया सम्मेलन मिचेट स्थित तमुधिंको सभाहलमा आयोजना गरेको थियो । तमुधिं यूकेका सल्लाहकार क्या. रिटायर्ड राजु गुरुङको संयोजन तथा तमुधिं यूकेका महासचिव हरि गुरुङको सहसंयोजनमा उक्त बृहत कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रमका सभापति प्रमुख संयोजक क्या. राजु गुरुङ थिए भने तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङ र प्ये ल्हु संघ यूकेका अध्यक्ष सोम तोर्जे गुरुङ विशेष अतिथि रहेका थिए । झण्डै ७२ वटा तमु संघसंस्थाहरुको प्रत्तिनिधिहरु तथा अध्यक्षहरु सहभागिता रहेको यस कार्यक्रमलाई तमुधिं यूकेका महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए । सो कार्यक्रमका संयोजक क्या. राजु गुरुङले यस कार्यक्रमको पृष्ठभूमि, औचित्य र प्रगतिबारे विस्तृत रुपमा कार्यक्रम सञ्चालनको प्रारम्भमा अवगत गराएका थिए । सभाध्यक्षको आसन ग्रहण पश्चात यस कार्यक्रमका विशेष कार्यपत्र प्रस्तोताहरु, यूकेका तमु बौद्धिक व्यक्तित्वहरु क्रमश: सह–अध्यापक नारायण ल्हेंगे गुरुङ, सुमलकुमार गुरुङ तथा प्राध्यापक एकेन्द्र गुरुङलाई आसन ग्रहण गराउदै परिचय दिएका थिए । तत्पश्चात विशेष अतिथिहरुको बाहुलिबाट दिप प्रज्वलन गरेर सम्पन्न गरेको कार्यक्रमलाई तमुधिं यूकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङले सबै सहभागीहरुलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए । गत साल ६ डिसेम्बरका दिन प्रथम अन्तरक्रिया सम्मेलन भव्यताका साथ सम्पन्न भएको थियो । सो कार्यक्रमका लागि टिप्पणी प्यानलमा डा. चन्द्र गुरुङ तथा क्या.रि. डेमबहादुर गुरुङ रहेका थिए । कार्यक्रमका प्रत्येक प्रस्तोताहरुलाई कम्तिमा पौने घन्टा समय प्रदान गरिएको थियो । डा. चन्द्र गुरुङले सहभागीहरुलाई ध्यानपूर्वक कार्यपत्रहरु सुनेपश्चात अन्तमा मात्र जिज्ञासाहरु प्रस्तोताहरुलाई राख्ने आग्रह गरेका थिए ।
सह–अध्यापक नारायण ल्हेगे गुरुङले जन्ममृत्यु संस्कार तथा तमुहरुले मरणोपरान्त अर्घौ तथा अर्घौ पछिका संस्कारका बारेमा कार्यक्रम कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरि सुमलकुमार गुरुङले तमु भेषभूषा तथा भाषा साहित्यका बारेमा पावरप्वाईन्टको माध्यमबाट कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तिम प्रस्तोता एकेन्द्र गुरुङले तमुहरुका विशेष पर्वहरु, तमु संगीत, चलचित्रको बारेमा विस्तृत प्रस्तुति दिएका थिए । कार्यपत्रहरुको प्रस्तुति पछि तमु कलाकार संस्कृति मञ्चका संयोजक सुर्य गुरुङद्वारा मञ्चको बारेमा प्रकाश पारेका थिए तथा कलाकारहरु क्रमश: निर्मला गुरुङ, कृष्णा गुरुङले गीत तथा सिर्जना गुरुङले नृत्य प्रस्तुत गरेका थिए । दिनको भोजनका लागि क्षणिक समय दिएको थियो तथा लगत्तै अन्तरक्रिया कार्यक्रम शुरु भएको थियो । सहभागीहरुको जिज्ञासाहरु उपर कार्यपत्र प्रस्तोताहरुले क्रमिक रुपमा आ–आफ्नो धारणा पेश गर्देै जिज्ञासाहरु प्रष्ट्याएका थिए ।
तीनै जना कार्यपत्र प्रस्तोताहरुलाई सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए । सोही क्रममा मे.रि लालबहादुर गुरुङ, श्रीचन्द्र गुरुङ, हरि (गोविन्द) गुरुङ, क्या. सुर्य गुरुङ, भेगलाल तमु, तारामान गुरुङ, तुलाराम गुरुङ, ले.रि. चन्द्र गुरुङ, मे.रि. डमर घले, एमभिओ, ले.रि. यादप गुरुङ, कमल गुरुङ, सारादेवी गुरुङ, नन्द गुरुङ, राम गुरुङ आदिले छलफलमा भाग लिएका थिए । कार्यक्रमको अन्ततिर सभाध्यक्ष क्या.रि. राजु गुरुङले आगामी वर्ष फेरी गृष्माकालमा तेश्रो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने सूचना सहभागीहरुलाई दिएका थिए । उक्त कार्यक्रमका प्रायोजकहरु क्रमश: कमल तमु, सुर्य तमु, गणेश गुरुङ, धन गुरुङ, दिपक गुरुङ, ज्ञाम गुरुङ, शेरबहादुर सुनार, मुछेत्र गुरुङ, कमल गुरुङ (धम्पुस), भिमबहादुर गुरुङ, प्रजित गुरुङ तथा सपन राई रहेका थिए । प्रायोजक सबैलाई आयोजकले सम्मान स्वरुप प्रशंसा पत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।
सो कार्यक्रमका प्रस्तोताहरु क्रमश: सहप्राध्यापक नारायण ल्हेंगे तमु, सुमलकुमार गुरुङ तथा प्राध्यापक एकेन्द्र गुरुङलाई प्रशंसापत्र तथा खादा ओढाएर आयोजकले सम्मान गरेको थियो । कार्यक्रमको अन्ततिर क्या.रि. डेमबहादुर गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम अत्यन्त सफल रहेको मन्तव्य प्रकट गरेका थिए । कार्यक्रम बिहान साढे एघारा बजेदेखि शुरु गरेर बेलुकी ६ बजे समाप्त भएको थियो । कार्यक्रमलाई प्ये ल्हु संघका अध्यक्ष सोमतोर्जे तमुले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरेका थिए ।



