तमू आमाहरुले नयाँ बर्षको स्वागत गरे

लण्डन

मिचेट । तमूधिं यूकेले नया“ बर्ष २०१५ को विदाई गर्दै नयाँ बर्ष २०१६ को एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

201601091452329292id (1)तमूधिं यूकेको मिचेटस्थित तमू भवनमा आयोजना गरिएको सो कार्यक्रममा नेपालबाट ल्होछार पर्वका लागि आएका गायक तथा नायक राजु गुरुङ र जुनु रिजाल काफ्लेलगायत स्थानीय तमूहरुले विभिन्न गीतहरु प्रस्तुत गरे । तमूधिं यूके आमा समूहको सक्रियतामा आयोजना गरिएको सो कार्यक्रममा नया“बर्ष २०१६ को एकअर्कामा शुभकामना आदानप्रदान

गरेका थिए ।

तमू आमाहरुको बिशेष उपस्थिति रहेको सो कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, तमूधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, भूतपूर्व अध्यक्ष मे.रि. डमर घले एमबिई, मुछेत्र गुरुङ, कमल गुरुङ, सल्लाहकार, आजीवन सदस्य, कार्यसमिति, आमा समूहकी पूर्वअध्यक्ष पूनम गुरुङ र वर्तमान आमा समूहकी अध्यक्ष पवित्र गुरुङको बिशेष उपस्थिति रहेको थियो ।

विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ नया“बर्ष २०१६ को स्वागत गरिएको उक्त सा“झमा नेपालबाट आएका धर्मगुरु आचार्य श्री गुरुङ, गायक राजु गुरुङ र जुनु रिजाललाई खादा लगाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा अल्डरसटस्थित गोर्खा किचनले खानाको र सपन राईले साउण्ड सिस्टमको व्यवस्थापन गरेका थिए भने मिलन तमूले फोटोग्राफी  गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »