तमूधिं यूकेले विविध कार्यक्रमका साथ ल्होछार मनाउँदै

लण्डन

201601091452329173idल्होछार मनाउने क्रममै स्थापना हुन पुगेको तमुधिं यूकेले प्रत्येक बर्ष ल्होछार कार्यक्रमलाई विविध मनोरञ्जनका साथ  मनाउँदै आएको छ । तमूहरुसँग मात्र होइन नेपाली समुदायसँग सम्बन्धित कार्यक्रमहरुको आयोजना गर्दै आएको तमूधिं यूकेले यसबर्षको ल्होछार पनि विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ ।

प्रत्येक पौष १५ गतेदेखि ल्हो (बर्ग) परिवर्तन हुने क्रममा तमुधिं यूकेले ल्हु–होको बिदाई र प्र–ल्होको स्वागतका लागि आउ“दो २ जनवरीका दिन रेडिङस्थित रिभरमेड लिजर सेन्टरमा एक बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विविध मनोरञ्जन प्रदान गर्नका लागि नेपालबाट आएका निता गुरुङ, राजु गुरुङ र जुनु रिजालले सांगीतिक कोसेली प्रस्तुत् गर्नेछन् भने पौष १५ कै दिन अल्डरसटस्थित बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेको गुम्बामा धार्मिक पूजापाठका साथ नया“ ल्होको स्वागत गर्ने कार्यक्रम तय गरिएको तमूधिं यूकेको जनाएको छ ।

विदेशी भूमिमा पनि आफ्नो तमू भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तमुधिं यूकेले उक्त सा“झ राफल ड्र, विभिन्न बिषयमा उत्कृष्ट अंक ल्याउन सफल भएका तमू विद्यार्थीहरुलाई डा. हर्क गुरुङ तथा डा.चन्द्र गुरुङ अवार्डबाट पुरस्कृत गर्ने भएको छ ।

तमूहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले स्थापना कालदेखि नै आयोजना गरिदै आएको तमुहरुको महान चाड ल्होछार कार्यक्रममा सहभागी भई भव्य रुपमा सफल बनाउन तमूधिं यूकेले हार्दिक अनुरोध गरेको छ । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »