तमुधिँ युकेको रात्रिभोजमा पाँच जनालाई ‘आदर्श तमु २०२१ ’ सम्मान

लण्डन । तमुधिँ युकेको वार्षिक रात्रिभोज आइतबार अल्डरसटमा सम्पन्न भएको छ ।

अध्यक्ष हितकाजी गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र कार्यक्रमकी प्रमुख अतिथि नेपालीदुताबास लण्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले द्वीप प्रज्ज्वलन गरी कार्यक्रमको आरम्भ गर्नुभएकोथियो ।

कार्यक्रममा तमुधिँ युकेले वर्षेनी प्रदान गर्ने गरेको ‘आदर्श तमु’ अवार्डबाट यस वर्ष पोखरा महानगरपालिका२२, कलबङ घडेरी घर भई हाल रेडिंगमा बसोबासरत श्रीमती यशोधा गुरुङ, पर्बत ठानामौला स्थायी घर भईहाल फार्नबोरोमा बसोबासरत टेक बहादुर गुरुङ,पर्बत चित्रे मूल घर भई हाल अल्डरसट बस्ने धनबहादुर गुरुङ, कास्की धम्पुस हाल पुर्ख्यौली घर भई हाल फार्नबोरो बस्ने सहारा युकेका अध्यक्ष कुमार गुरुङ र पोखरामहानगरपालिका २२ भुम्दी घर भई हाल प्लमस्टिड बस्ने योगेश गुरुङलाई सम्मानित गरियो । उहाँहरुलाईपुष्पगुच्छा, खादा , प्रसंशा पत्रबाट अध्यक्ष हितकाजी गुरुङ, उपनियोग प्रमुख श्रीमती रोशन खनाल, आमासमूहकी अध्यक्ष सीता (मन्जु) गुरुङले प्रदान गर्नुभयो ।

कार्यक्रममा तमुधिँ युकेको स्थापना कालदेखि अहिलेसम्मका गतिबिधिहरु समेटिएको वृतचित्र पनि देखाइएकोथियो ।

यसैगरी यस वर्ष तमुधिँ युकेको आजिवन सदस्य बन्नुभएका सदस्यहरुलाई तमुधिँ युकेको लोगो अंकित ब्याज, आजिवन सदस्यता प्रमाण पत्र, खादा र पुष्पगुच्छा पनि प्रदान गरिएको थियो ।

 

कार्यक्रममा आमा समूहबाट राफल ड्र संचालन गरी १ हजार ५९२ पाउण्ड संकलन गरिएको थियो । राफलड्रको पहिलो पुरस्कार न्यू लक्ष्मी ज्वेलेर्सले प्रायोजन गरेको १ तोलाको सुन आमा समूहकी उपाध्यक्ष सन्ध्यागुरुङले हात परिन् भने आमा समूहले नै नगद तथा १० भन्दा बढी पुरस्कारहरु प्रायोजन गरेको थियो । आमासमूहबाट सिरुबारी दरौ थाप्ले भ्यू टावरको लागि १ हजार १ पाउण्ड सहयोग गरिएको थियो ।

कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेबाट २०० पाउण्ड र बुद्धष्ट गुम्बा रेडिंगबाट ५०१ पाउण्ड तमुधिँयुकेलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

 

आमा समूहकी सक्रिय सदस्य लिडिया गुरुङ र तमुधिँ युकेका आजीवन सदस्य लालक़ाज़ी गुरुङको २५ औंवैवाहिक वार्षिकोत्सवको उपलक्ष्यमा २०० पाउण्ड सहयोग गर्नुभएको थियो भने तमुधिँ युकेका सल्लाहकारनन्दकुमारी गुरुङको कविता र घाचोक गाऊँको म्युजिक भिडियोको विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष हितकाजी गुरुङले प्रमुख अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख रोशन खनाललाईधन्यवाद दिँदै तमुधिँ युकेका सदस्यहरुलाई पनि उपस्थितिका लागि आभार व्यक्त गरे । उनले आदर्श तमुअवार्ड पाउनेहरुलाई बधाई तथा शुभकामना दिँदै कोभिडका कारण मृत्यु हुनुभएका संस्था र ब्यक्तिगत तर्फबाटशोक ब्यक्त गरे ।

चालीसभन्दा बढी संस्थाहरुले रात्रिभोजमा आ–आफ्नो टेबल अग्रिम बुक गरेका थिए । कार्यक्रममा तमुधिँयुकेका संस्थापकहरु र हालको कार्यसमितिको परिचय गराइएको थियो । कार्यक्रममा स्वागत भाषण वरिस्टउपाध्यक्ष हरि गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यक्रमका संयोजक तथा उपाध्यक्ष तुलाराम गुरुङलेगरेका थिए । महासचिव परशुराम गुरुङले शुरुको सत्र संचालन गरेका थिए भने दोस्रोसत्रमा कलाकालहरुरशना गुरुङ, सपन राई, शर्मिला बर्देवाले गीत गाएका थिए भने रत्न गुरुङले नृत्य गरेका थिए ।

 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »