तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता गरेको छ। नेपाल बसाइको अन्तिम दिन साँझ ५ बजे बेलायती दूतावासमा भएको भेटमा तमु धीं बेलायतका महासचिव डा. विशाल गुरुङले संस्थाको परिचय, गतिविधि तथा बेलायतमा नेपाली समुदायका लागि गर्दै आएको कामबारे जानकारी गराउनुभएको थियो। भेटका क्रममा जेम्स टुलले तमु धीं बेलायतले गर्दै आएको सामाजिक तथा सामुदायिक कार्यप्रति खुसी व्यक्त गर्नुभयो।

उहाँले बेलायत सरकारले नेपाली डायस्पोरासँग थप सहकार्य र संलग्नता बढाउने योजना अघि बढाइरहेको जानकारी गराउँदै तमु धीं बेलायतका गतिविधिबारे बेलायती विदेशमन्त्रीलाई समेत जानकारी गराउने बताउनुभयो। टुलले आगामी फेब्रुअरी २०२७ मा तमु धीं बेलायतले आयोजना गर्ने नेपाल भ्रमणमा आफू पनि सहभागी हुन सक्ने सम्भावना रहेको बताउनुभएको थियो। भेटवार्तापछि दूतावासका तर्फबाट तमु धीं बेलायतका उपाध्यक्ष श्री कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव श्री बिमल गुरुङ, आमा समूहकी अध्यक्ष श्री कमला देवी गुरुङ तथा पत्रकार श्री डण्ड गुरुङलाई बेलायती दूतावासको भ्रमण गराइएको थियो। भेटका क्रममा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपाली डायस्पोराको भूमिका तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »