दुई दशक लामो इतिहास बोकेको गोर्खा कप: यस्तो रह्यो २२औँ संस्करण

लन्डन । बेलायतमा नेपाली समुदायका विभिन्न सघसंस्था क्रियाशील छन् । ती संस्थाले नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्न विभिन्न खालका कार्यक्रम गर्दै आएका छन् । मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएका छन् । 

यसले पेसा, व्यवसाय, अध्ययनका सिलसिलामा आफ्नो जन्मभूमिबाट टाढा रहेकाहरूलाई भेटघाट तथा दुःखसुख साटासाटको अवसर मिलेको छ । त्यसमध्ये सबैभन्दा चर्चित कार्यक्रम हो, गोर्खा कप फुटबल प्रतियोगिता । तमु धीं युकेले आयोजना गर्ने यस प्रतियोगिताले दुई दशकभन्दा लामो इतिहास बोकिसकेको छ । उक्त गोर्खा कपको २२औँ संस्कण गत मे २६ मा सम्पन्न भएको छ । विगतजस्तै भव्य र उल्लासमय बनेर । 

446990210_839749748189250_3524415467424424694_n-1716992593.jpg
विगत जस्तै यस वर्ष पनि गोर्खा कप भव्य रूपमा सम्पन्न भएको आयोजक तमु धीं युकेका अध्यक्ष हरि गुरुङले बताए । अल्डरसटस्थित क्वीन्स एभिन्यु मैदानमा भएको प्रतियोगितामा मेन र भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब तथा महिलातर्फ रनडरबोल्ट एफसी विजेता बने । यसैगरी, क्रमशः वाटरमेलन एफसी, धरान ११ र म खेल्छु एफसी उपविजेता भए । मेनतर्फ ३२, भेट्रानतर्फ १६ र महिलातर्फ २ टिमको सहभागिता थियो । 

राहुल लिम्बू मेनतर्फको सर्वाधिक गोलकर्ता भए । कल हेच म्यान अफ द म्याच चुनिए । उत्कृष्ट व्यवस्थापकको उपाधि वाटरमेलनका सन्देश गुरुङले जिते । ४० वर्षभन्दा माथिका खेलाडीले प्रतिस्पर्धा गरेको भेट्रानतर्फ धरान ११ का दुर्गा लिम्बू सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी ब्रिगेड ब्वाइजका जगत गुरुङ र उत्कृष्ट व्यवस्थापक ब्रिगेड ब्वाइजका खोम गुरुङ भए । 

महिलातर्फ म खेल्छुकी एम्मा म्यारी मच वेस्ट प्लेयर भइन् । झन्डै १४ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको थियो । यसलाई बेलायतमा नेपाली समुदायले आयोजना गर्ने सबैभन्दा ठूलो र चर्चित प्रतियोगिताका रूपमा लिइन्छ ।

445034528_838803081617250_7948860469164355760_n-1716992622.jpg
विजेता, उपविजेता, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र व्यवस्थापकलाई प्रमुख अतिथि रसमोर काउन्सिलका मेयर मारा माकुनुरा, विशेष अतिथि नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, बेलायतका रक्षा राज्यमन्त्री लियो डोकोर्टी, ब्रिगेड अफ गोर्खाजका कर्णेल, अल्डरसटस्थित क्यूओजीएलआरका गोर्खा मेजर, तमु धीं युकेका अध्यक्ष हरि गुरुङ र पुरस्कारका स्पोन्सरले चेक, ट्रफी र प्रमाणपत्र प्रदान गरे । 

प्रतियोगितामा स्कटल्यान्ड, नर्दन आयरल्यान्ड, वेल्स, नेदरल्यान्डबाटसमेत टिम र दर्शक सहभागी भएका थिए । कार्यक्रमस्थलमा नेपाली मौलिक खाना तथा नेपाली पहिचान झल्काउने स्टलसमेत राखिएको थियो । उक्त स्टलमा पनि अवलोकनकर्ताको भिड लागेको थियो । 

447004374_839750288189196_4642640774730066725_n-1716992664.jpg
प्रमुख अतिथि तथा रसमोर काउन्सिलका मेयर, नेपाली दूतावासका उपनियोग प्रमुख र बेलायतका रक्षा राज्यमन्त्रीले शुभकामना मन्तव्य राखेका थिए । तमु धीं युकेका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरे । खेलकुद सचिव क्याप्टेन दीपकराज घलेले तमु धींले गोर्खा कपमार्फत गरिरहेको परोपकारी कार्यबारे जानकारी गराए । 

गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भएका थिए । नेपालबाट आएका तथा स्थानीय सयपत्रीलगायत सांस्कृतिक समूहका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरे । नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइएका थिए । अन्त्यमा तमु धीं युकेका अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । 

तमु धीं युकेले २२ वर्षदेखि बेलायतमा गोर्खा कप फुटबल प्रतियोगिता गर्दै आएको छ । आयोजकका अनुसार यस वर्ष पनि विभिन्न व्यक्ति तथा संस्थाले पुरस्कारहरू प्रायोजन गरेका थिए । मेनतर्फको विजेतालाई रिया मनी ट्रान्सफरले ३ हजार पाउन्ड, उपविजेतालाई एचटीआर कियर एन्ड रिक्रुटमेन्ट लिमिटेडका प्रोपाईटर टंक भट्टराईले प्रायोजन गरेका थिए । उनको कम्पनीले प्रतियोगितास्थलमा हेल्थ क्याम्प पनि सञ्चालन गरेका थिए ।

445066885_838804148283810_4147364673680152198_n-1716992701.jpg
भेट्रानतर्फको विजेतालाई प्रदान गरिएको १५ सय पाउन्ड नेपब्रिज सर्भिस लिमिटेडका सोम घलेसहित निर्देशकहरूले प्रायोजन गरेका थिए । उपविजेतालाई प्रदान गरिएको १ हजार पाउन्ड गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष हितकाजी गुरुङले प्रायोजन गरे । 

यसैगरी, महिलातर्फ विजेताको पुरस्कार लक्की ज्वेलर्सका मेजर योगेश राईले उपलब्ध गराए । उक्त पुरस्कार राशि ६०० पाउन्ड रहेको थियो । उपविजेतालाई प्रदान गरिएको ४०० पाउन्डका प्रायोजक पूर्वगण्डकी बोर्डिङ स्कुल टिम (ईजीबीओएसए) का अध्यक्ष डा. कमल अर्याल थिए ।  

मेनतर्फ उत्कृष्ट खेलाडीलाई पुरस्कारका लागि समाजसेवी तथा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र भेट्ररानतर्फ उत्कृष्ट खेलाडीलाई माया सपोर्टेड लिभिङका निर्देशक राज पाण्डेले प्रायोजन गरे । यस्तै, स्काई पे मनी ट्रान्सफर रेडिङका कृष्ण गुरुङ र करम गुरुङले डान्सरलाई ५०० पाउन्ड दिए । 

447009865_839749811522577_1744672432391866046_n-1716992754.jpg

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »