तमुधीं यूकेको १६ औं नेपाली मेला २४ अगस्टमा, तयारी चल्दै

लन्डन । तमुधीं यूकेले हरेक वर्ष गर्दै आएको नेपाली मेलाको १६ औं संस्करण आगामी २४ अगस्टमा हुने भएको छ ।

आइतबार २४ अगस्टमा केम्पर्टन पार्क रेसकोर्समा नेपाली मेला यूके २०२५ हुने तमुधी यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । यो मेलामा नेपाली दूतावास लन्डनले हरेक वर्ष सहकार्य गर्दै आएको छ । 

मेला बिहान १० देखि राति ८ बजेसम्म हुनेछ । मेलाका लागि ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नारा तय गरिएको छ । मेलामा नेपालका पूर्व पश्चिममा रहेका विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँस्की प्रस्तुति,प्रतिस्पर्धा, नेपालबाट आउने/आएका र बेलायतमा रहेका कलाकारहरुबाट सांगीतिक प्रस्तुति रहने छन् । त्यस्तै मेलामा नौमती बाजा घन्किने गरेको छ ।

मेलाको तयारी तमुधीं यूकेले सुरु गरिसकेको छ । केही साताअघि २३ औं गोर्खा कपको समीक्षा र नेपाली मेला तयारी बैठक समेत बसेको थियो । उक्त बैठकमा उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाबारे पावर प्वइन्टमा जानकारी गराएका थिए ।

मेलाको प्रमुख आकर्षणको रुपमा एम्बास्डर कप, एनआरएन कप, विभिन्न सांस्कृतिक झाँकी प्रतिस्पर्धा, सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम रहने गर्थ्यो । गत वर्ष एम्बास्डर कपमा विजेता पासा पुच गुठी, उपविजेता किरात याक्थुङ चुम्लुङ युके र तेस्रो स्थान किरात राई यायोक्खा युकेले ओगट्न सफल भएको थियो ।

यस्तै उत्कृष्ट झाँकी प्रस्तुत गरी पासा पुच गुठी यूकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड, दोस्रो किरात याक्थुङ चुम्लुङ युकेले ३०० पाउन्ड र किरात राई यायोक्खा यूके तेस्रो स्थान ओगट्दै २०० पाउन्ड पुरस्कार प्राप्त गरेको थियो ।

त्यस्तै नेपाली मेलाको नृत्यतर्फ किरात याक्थुङ चुम्लुङ युकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड पुरस्कार प्राप्त गरेको थियो ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »