तमुधी यूकेको आयोजनामा २०२५ डिसेम्बर २७ मा ल्होछार पर्वमा गायक केश बहादुर गुरुङ र गायिका Salome गुरुङको प्रस्तुति

तमुधी एसोसिएसन यूकेले २०२५ को ल्होछार पर्वलाई भव्यरूपमा मनाउन विशेष सांस्कृतिक कार्यक्रमको घोषणा गरेको छ। यो कार्यक्रम २७ डिसेम्बर २०२५ मा एम्पायर हल, हाई स्ट्रीट, अल्डरसट (GU11 1DJ) मा आयोजना हुने छ।
कार्यक्रममा नेपाल तथा बेलायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।

कार्यक्रममा विविध परम्परागत नृत्य, सांस्कृतिक झाँकी, स्थानीय कलाकारहरूको प्रस्तुति, समुदायका योगदानकर्तालाई प्रदान गरिने डा. हर्क अवार्ड तथा कम्युनिटी अवार्ड पनि रहनेछन्।

ल्होछार पर्वले तमु समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परागत मूल्यलाई अझ सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ। वर्षेनी झैँ यस वर्ष पनि कार्यक्रमलाई भव्य बनाउने तयारी गरिएको र सबैलाई सहभागिताको लागि हार्दिक निमन्त्रणासमेत गरिएको छ।

थप जानकारी तथा विवरणका लागि www.tamudheeuk.com
हेर्न सकिनेछ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »