१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको छ। नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित यस मेलाको मुख्य नारा “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” रहेको छ।

मेला केम्पटन पार्क रेसकोर्स, स्टेन्स रोड ईस्ट, सनबरी-अन-थेम्स, मिडलसेक्स (TW16 5AQ) मा बिहान १०:०० बजेदेखि साँझ ८:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा बेलायतभरका नेपाली समुदायका साथै विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

मेलामा सांस्कृतिक प्रस्तुति, परम्परागत संगीत तथा नृत्य, प्रामाणिक नेपाली खानाका परिकार, कला तथा हस्तकला प्रदर्शनी, सामुदायिक अन्तरक्रिया, पारिवारिक मनोरञ्जन तथा व्यापारिक स्टलहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। विशेषगरी लाखे नृत्यमारुनी नृत्य लगायतका मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिले दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ।

कार्यक्रमको आयोजना तमुधीं एसोसिएसन यूके (TamuDhee Association UK) ले गरेको हो भने नेपाल दूतावास, लन्डन को सहकार्य रहनेछ। आयोजक संस्थाले विदेशमा रहेका नेपाली पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्ने तथा नेपाली समुदायबीच आपसी सद्भाव र एकता मजबुत बनाउने लक्ष्य रहेको जनाएको छ।

मेलामा विभिन्न सांस्कृतिक झाँकी, नेपाली लोकसंस्कृतिको प्रदर्शन, नेपाली उत्पादनहरूको प्रदर्शनी तथा सामुदायिक नेटवर्किङका अवसरहरू समेत उपलब्ध हुनेछन्। आयोजकले बेलायतमा रहेका सम्पूर्ण नेपाली तथा नेपालप्रेमी समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति, संगीत, नृत्य, भोजन र सम्पदाको उत्सव मनाउन आग्रह गरेको छ।

Tamu Dhee UK ले  “हाम्रो सम्पदाको संरक्षण गर्दै, हाम्रो पहिचानलाई उत्सवका रूपमा मनाउँदै र भावी पुस्तालाई प्रेरित गर्ने” उद्देश्यसहित आयोजना हुन लागेको यो मेला नेपाली समुदायको साझा गौरवको उत्सव बन्ने अपेक्षा गरिएको छ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »