बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति तमुधीं यूके परिवारले गहिरो दुःख व्यक्त गरेको छ। प्राकृतिक प्रकोपबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले यसपटकको नेपाली मेलालाई राहत तथा मानवीय सहयोगको अभियानसँग जोड्ने निर्णय गरेको हो।

करिब एक वर्षदेखि तयारी हुँदै आएको नेपाली मेलालाई स्थगित नगरी “शोकलाई शक्तिमा परिणत गर्ने” उद्देश्यसहित निरन्तरता दिने निर्णय तमुधीं यूकेको आपतकालीन बैठकले गरेको हो।

बैठकले मेलाबाट प्राप्त हुने सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यसबाट बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको तमुधीं यूकेले जनाएको छ।

तमुधीं यूकेको यो निर्णयले बेलायतमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै मातृभूमिमा परेको विपत्तिको समयमा सहयोग र मानवीय उत्तरदायित्व निर्वाह गर्ने सन्देश दिएको छ।

१७औं नेपाली मेला — ३० अगस्ट २०२६

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »