तमुधिं यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा राजदूतावास परिवारलाई स्वागत तथा सम्मान

लन्डन साउन ३० । तमुधिं यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा राजदूतावास परिवारलाई स्वागत तथा सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमबीच राजदूत रेग्मीलगायतलाई तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङलगायतले भाङ्ग्रा, फेटा पुष्पगुच्छा लगाएर स्वागत, सम्मान गरेका हुन् । कार्यक्रममा पाइपरको धुनबाट स्वागत गरिएको थियो ।

यस्तै कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष हरि गुरुङ, कार्यक्रम सञ्चालन महासचिव परशु गुरुङले गरेका थिए । त्यस अवसरमा गोर्खा कप भव्य रुपमा सफल गर्न सहयोग गर्नेहरु लन्डन इकाई र अध्यक्ष विष्णु गुरुङ/ उपाध्यक्ष भरत गुरुङ/ पूर्वअध्यक्ष चन्द्रबहादुर गुरुङ/ सल्लाहकार ललितमान गुरुङलाई पनि फेटा तथा खाता लगाएर सम्मान र आमा समूहलाई बधाई तथा सम्मान गरिएको थियो ।

गोर्खा कप भव्य रुपमा सफल गर्न सहयोग गरेकोमा संयोजक क्या. देव घले, मुख्यद्वारामा सहयोग गर्ने दक्षिण पूर्व लण्डन इकाई र इकाई अध्यक्ष ह्यारीलाई खाता र फेटाद्वरा सम्मान र बधाई दिइएको थियो ।

कार्यक्रममा नेपाली मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले नेपाली मेलाको सम्पूर्ण तयारी जानकारी गराएका थिए भने तमुधिं यूकेको आमा समूहको तर्फबाट अध्यक्ष हित काजी गुरुङ र सीता गुरुङलाई खाता भाङ्ग्रा लगाएर बधाई तथा शुभकामना दिइएको थियो ।

कार्यक्रममा राजदूत रेग्मीले तमुधिं र राजदूतावासको सहकार्यमा नेपालमा संस्कृति, संग्रहालयको जगेर्ना गर्ने, व्यापार प्रवर्द्धनमा जोड दिने, नेपालमा महिलाहरुको विकासमा जोड दिने, दुर्गमा क्षेत्रमा रहेको विद्यालयमा सहयोग गर्ने लगायत विचार राखेका थिए । अध्यक्ष हित काजी गुरुडले पनि राजदूत रेग्मीले देश सेवाका लागि राखेको प्रस्तावप्रति सहकार्य गर्न तयार रहेको बताएका थिए । साथै अध्यक्ष गुरुङले गोर्खा कप सफल पारिदिएकोमामा सबैलाई धन्यवाद दिँदै आउँदै गरेको नेपाली मेलामा निमन्त्रण गरेका थिए ।

कार्यक्रममा सल्लाहकार र इकाईका सदस्यहरुरको बाक्लो उपस्थिति थियो । सयपत्री कल्चर सेन्टरबाट नाच प्रदर्शन गरिएको थियो । गोर्खा कपमा नाच प्रस्तुत गरेका सम्पुर्ण कलाकारहरु तथा सयपत्री ग्रुपलाई राजदूतको हातबाट सम्मान गरिएको थियो ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »