तमु धिं यूके आमा समूहद्वारा शिव मन्दिरलाई १ हजार १ सय १ पाउन्ड सहयोग

 
 
  •  
October 13 । तमु धिं यूके आमा समूहले अल्डरसडमा निर्मित शिव मन्दिरलाई १ हजार १ सय १ पाउन्ड सहयोग गरेको छ ।

दसैं त्रितीय तिथिमा उद्घाटन गरिएको शिव मन्दिर परिसरमा दर्शन गर्दै तमु धिं आमा समूहकी अध्यक्ष सीता मन्जु गुरुङको नेतृत्वमा १ हजार १ सय १ पाउन्ड हस्तान्तरण गरी शिव मन्दिर ट्रस्टीज़मा नाम दर्ता गरेको महासचिव यशोदा गुरुङले जानकारी दिइन् । त्यस अवसरमा उपाध्यक्ष कमला गुरुङ, पूर्वआमा अध्यक्षहरु पवित्र गुरुङ, जगतमाया गुरुङ, सल्लाहकारहरु मन्जु गुरूङ राई, रीता गुरुङ क्षेत्री, रेणु गुरुङ सदस्यहरु ध्रुव गुरुङ, सूर्यकुमारी गुरुङ, सुष्मा गुरुङ, मनदेवी गुरुङ, अप्सरा गुरुङ लगायत उपस्थित भई सहयोग गरेका थिए ।

त्यस्तै कार्यक्रममा अनुपस्थित भए पनि सहयोगीहरु पूर्वअध्यक्ष प्रेमा गुरुङ, उपाध्यक्ष सन्ध्या गुरुङ, कोषाध्यक्ष यमन्ती गुरूङ, सचिव लिना गुरुङ शोभा गुरुङ, सल्लाहकार सुधा गुरुङ एवं सम्पूर्ण तमु धिं आमा समूहलाई महासचिव गुरुङले संस्था र व्यक्ति रुपमा धन्यवाद व्यक्त गरेकी छन् । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »