तमुधिँ युकेले गर्यो संरक्षक शेष घलेसित भेट

तमुधिँ युकेले आफ्ना संरक्षक शेष घलेसित भेटघाट गरेको छ ।

आइतबार तमुधिँ युकेको भवनमा भएको भेटघाटमा उपाध्यक्ष तुलाराम गुरुङले कार्यक्रम संचालन गरेका थिए भने सभापतित्व अध्यक्ष हितकाजी गुरुङले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष हितकाजी गुरुङले घलेलाई खादा लगाई स्वागत गरेका थिए भने स्याङ्जा समाज यूकेका अध्यक्ष सारदा गुरुङ र सहारा यूकेका अध्यक्ष कुमार गुरुङले पनि खादा लगाई स्वागत तथा सम्मान गरेका थिए । लमजुङ समाज यूकेको तर्फबाट समाजका अध्यक्ष विश्वजँग गुरुङले खादा लगाई मायाको चिनो दिएका थिए ।
संरक्षक घलेले तमूधीँ यूकेको ११औं कार्यसमितिका अध्यक्ष हितकाजी गुरुङलाई क्रेगी (फेटा) आमा समूहकी अध्यक्ष श्रीमती मंजु (सीता) गुरुङलाई क्रमु ओढाई बधाई साथै कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्नु भएको थियो । त्यसपश्चात् आफ्नो मन्तव्यको क्रममा सबैलाई धन्यवाद दिँदै उहाँले भावी दिनहरुमा जब बेलायतको भ्रमण हुन्छ अवश्य पनि तमूधी यूके परिवारसँग भेटघाट गर्ने अवसर मिलाउने वाचा गर्नुभएको थियो । तमूधीँले गर्दै आएका क्रियाकलापहरुमा आफू ज्यादै हर्षित छु भन्नु हुँदै उहाँले संघको लागि आफ्नो तर्फबाट सहयोग स्वरुप २ हजार पाउण्ड प्रदान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

अन्तमा अध्यक्ष हितकाजी गुरुङले व्यस्त समयको बाबजुद पनि तमूधीँ युके परिवार र अन्य संघ संस्थाका सदस्यहरुसँग भेटघाट गर्ने अवसर दिनु भएकोमा संरक्षक घलेलाई धन्यवाद दिनुभयो ।

अष्ट्रेलिया निवासी घले एनआरएनए युकेको कार्यालय उद्घाटनका लागि बेलायत आएका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »