२०औं गोर्खा कपको उपाधि एफसी केन्टको पोल्टामा

 जुन ४, २०२२ । २०औं गोर्खा कपको उपाधि एफसी केन्टले जितेको छ । तमुधिं यूकेले शनिबार अल्डरसटस्थित क्यूइन्स् ऐभ्न्यू खेल मैदानमा आयोजना गरेको फुटबल प्रतिस्पर्धामा मुख्य टिमतर्फ एफसी केन्टले २-१ को गोलअन्तरले राङभाङ समाज यूकेलाई पराजित गरेको हो । खेलमा पहिलो हाफमै राङभाङ समाज यूकेको टिमले गोल गर्दै खाता खोलेको थियो । लगत्तै एफसी केन्टका खेलाडीले गोल फर्काउँदै बराबरी बनाए । खेलको दोस्रो हाफमा फेरि केन्ट एफसीले थपेको गोल नै निर्णायक बन्यो ।

भेट्रेनतर्फ ब्रिगेड ब्वाईज क्लब र लेडिजतर्फ मनोक्रान्ति टिम यूके विजेता बन्यो । ईलाम एफसीलाई २-१ गोलले र मनोक्रान्तिले म खेल्छु एफसी टिमलाई पनि २-१ ले नै पराजित गरेको हो ।

विजेता टिमलाई विभिन्न अतिथि र प्रायोजकमार्फत पुरस्कार वितरण गरिएको थियो । मुख्य टिमतर्फ विजेतालाई नेपाली राजदूतवास लन्डनकी डिपुटी चिफ अफ मिसन रोशन खनालले ट्रफी हस्तान्तरण गरेकी थिइन् । २ हजार ५ सय पाउन्डको पहिलो पुरस्कार भने प्रायोजक वाईबीसीका योगेन क्षेत्री र रिता गुरुङले टिम क्याप्टेनलाई चेक प्रदान गरेकी थिइन् ।

उपविजेता राङभाङ समाज यूकेलाई १ हजार ५०० सय पाउन्डको पुस्कार प्रायोजक किङ्ग्स गेट फाईनान्सका प्रवेश श्रेष्ठले दिएका थिए ।
भेट्रेन तर्फका विजेता ब्रिगेड ब्वाईज क्लबले प्रायोजक गोर्खा मोर्गेजेजका माईकल असरबाट १ हजार २०० सय पाउन्ड प्राप्त गरे भने उपविजेता ईलाम एफसीले प्रायोजक कोशुमोशु शुशी बारका अजय थापाबाट ८०० पाउन्डको चेक पाए ।

लेडिजतर्फ दुई टिमले पहिलो पटक भाग लिएका थिए । विजेता मनोक्रान्ति टिम यूके टिमले प्रायोजक आइएमई लन्डनबाट ५०० पाउन्ड पाएको थियो । त्यस्तै उपविजेता म खेल्छु एफसीले ३ सय पाउन्ड पुरस्कारमा चित्त बुझाउनुपर्‍यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र टप स्कोरर मिलन राई भएका छन् भने भेट्रनतर्फ उत्कृष्ट खेलाडी टप स्कोरर खुम गुरुङ भएका छन्। महिलातर्फ उत्कृष्ट खेलाडी काया ग्रोचोस्का बनेकी छिन्। उत्कृष्ट मेनेजर प्रेम गुरुङ बनेका छन्।

गोर्खा कप २० औं वर्षमा प्रवेश भएकोमा आयोजक उत्साहित बनेको देखिन्थ्यो । महिला खेलाडीलाई उत्साह भर्नका लागि पहिलो नेपाली मूलका इंल्यान्ड टिमका खेलाडी अस्मिता आलेको पनि उपस्थिति रहेको थियो ।

टिकेट कन्ट्रोलमा रहेका उत्तरबहादुर गुरुङ र हिराबहादुर गुरुङका अनुसार विगतको तुलनामा सबैभन्दा बढी दर्शक यस पटक गोर्खा कप हेर्न आएका थिए । उनीहरुले भने, ‘झन्डै १४ हजारको हाराहारीमा दर्शक जम्मा हुनुभयो ।’

गोर्खा कपको प्रमुख आकर्षण प्यारासुट डिस्प्ले थियो । हावाको गति निकै बढी भएकाले कतै सुरक्षाका कारण रद्द हुने पो हो कि भन्ने डर थियो। तर सिल्भर स्टार टिमले सकुशल जम गरेर सबै दर्शकहरुलाई मनोरञ्जन दिलाए । फुटबलबाहेक ठेलो प्रतियोगिता पनि राखिएको थियो । मेन र भेट्रेन दुई समूहमा ठेलो प्रतियोगता आयोजना गरिएको थियो । मेनतर्फ विजेता निरज गुरुङ र उपविजेता मनबहादुर गुरुङ बने । भेट्रेनतर्फ भने श्याम गुरुङ विजेता र आश गुरुङ उपविजेता बनेको आयोजक तमुधिं यूकेले जनाएको छ ।

यसपटक खेलको स्तर बढेको र खेलाडीहरुमा अनुशासन पनि राम्रो देखिएको खेलप्रेमी तथा सहारा यूकेका निवर्तमान अध्यक्ष नविन गुरुङले बताए । कार्यक्रमको समापनका क्रममा अध्यक्ष हित काजी गुरुङ, नेपाली दूतावासकी डिपुटी चिफ अफ मिसन रोशन खनाल, मुख्य अतिथि रसमोर बरो काउन्सिलका मेयर जोन मार्स र संयोजक क्या. देव घलेले संक्षिप्त मन्तव्य राखेका थिए।

त्यस्तै कार्यक्रममा बेलायतका भेट्रेन मिनिस्टर लियो डकेटी, नेपाली मूलका मेयर, काउन्सिलहरु, एनआरएनएका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, पत्रकार, सेनाका उच्च दर्जाका अधिकारी, खेलप्रेमी नेपाली तथा विदेशी दर्शकको उपस्थिति थियो ।

कार्यक्रममा फुटबलबाहेक तमु परम्परागत पोशाक र अन्य सामाग्रीको स्टल राखिएको थियो। फुड्, मोर्गेज, फाइनन्स, कपडा, टाटु, स्वास्थ्य, प्रहरी, नोकरी आदि सेवाका स्टलहरु पनि प्रशस्त राखिएका थिए। सयपत्री साँस्कृतिक समूहको प्रस्तूति, गायिका एलिना गुरुङको गायन आदि मुख्य आकर्षण थिए।

तमु धिं आमा समूहले गोर्खा कपमा च्यारिटीका लागि सेकेण्ड ह्यान्ड सारी बिक्री गरी यस पटक ९६१ पाउन्ड संकलन गरेको छ ।

करिब सय जना आमन्त्रित पाहुनाहरुलाई तमुधिँ आमा समूहले खादा लगाएर अतिथि टेन्टमा स्वागत गरेका थिए। उनीहरुलाई चिया कफी र खानाको पनि बन्दोबस्त आमा समुहले नै गरेका थिए।

सयौंका संख्यामा स्वंमसेवकहरु खट्टिएका थिए। फुटबल खेललाई चुस्त र दुरुस्त पार्नका लागि ईभेन्ट कोराडिनेटर क्या. देव बहादुर घले र टिम इन्ट्रिका संयोजक कुमार गुरूङले महत्वपूर्ण भुमिका निभाएका थिए। फुटबल प्रतियोगित सहजरुपमा संचालनका लागि कन्ट्रोल टेन्टमा क्या. घले र कुमार गुरुङलाई मे. रि. खुशीमान गुरूङ, ले. रि. कुसाङ गुरुङ, क्या. रि. दिपक घले, राम कुमार गुरुङ र दल गुरुङले सहयोग गरेका थिए। खेल मैदान प्रवेशमा गाडी र दर्शकहरुलाई बाटो देखाउन हिरा गुरुङको टिम खट्टाएको थियो। कार्यक्रम संचालन महासचिव परशुराम गुरुङले संचालन गरेका थिए। बिहान ९ बजे शुरुवात भएको गोर्खा कप बेलुका ८ बजे पुरस्कार वितरण गरेर सकियो।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »