नेपाल भ्रमण सकेर तमुधिं यूकेको टोली कर्मभूमि बेलायत प्रस्थान

करिब तीन हप्ताको नेपाल भ्रमण सकेर तमुधिं यूकेको टोली कर्मभूमि बेलायत प्रस्थान गरेको छ । 

नेपालका पर्यटकीय ठाउँको अध्ययन/अवलोकन सकी शुक्रबार बिहान बेलायत प्रस्थान गरेको हो । तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ नेतृत्वको टोलीमा तमुधीं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ,  वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, तमुधिं आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ, निवर्तमान अध्यक्ष मञ्जु सीता गुरुङ, उपाध्यक्ष कमलादेवी गुरुङ, तमुधिं यूकेकी सल्लाहकार मञ्जु गुरुङ, ले. चन्द्र गुरुङ, पूर्वकार्यसमिति सदस्य श्रीप्रसाद गुरुङ, सपनकुमार राई र थमन श्रेष्ठ, निवर्तमान अध्यक्ष गुरुङका छोरी सोनिया गुरुङलगायत रहेका छन् । 

टोलीले सुन्दर पर्यटकीय नगरी पोखराबाहेक ओखलढुंगाको रुम्जाटार, कास्कीको सिक्लेस, घान्द्रुक, पर्वतको चारभन्ज्याङ, स्याङ्जामा रहेको नेपालकै पहिलो होमस्टे सिरुबारीलगायत ठाउँको भ्रमण गरेको थियो । त्यस्तै टोलीलाई विभिन्न संघ संस्थाले सम्मान, बधाई र बिदाइ कार्यक्रमहरु राखेका थिए । 

 

तमुधिं यूकेको तर्फबाट संघ, संघहरुलाई व्यक्तिगत र संस्थागत रुपमा आर्थिक सहयोग समेत गरिएको थियो । तमुधिं यूकेको टोली १३ जनवरीदेखि नेपाल भ्रमण गरेको हो । 

बिदाइका लागि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समाजसेवी एवं होटल व्यवसायी विजय गुरुङलगायत पुगेका थिए । गुरुङ तमुधिं यूकेका आजीवन सदस्यसमेत हुन् । 

भ्रमण सकेर बेलायत फर्किएपछि तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङले मातृभूमिको यात्रा सफल रहेको बताएका छन् । उनले यसपटक भेट हुन नपाएकाहरुप्रति क्षमाप्रार्थीसमेत व्यक्त गरेका छन् । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »