२१औं गोर्खाकपको तयारी पूरा, नेपालबाट पहिलो पटक खेलाडी सहभागी हुने

मिचेट । यही मे २८ तारिखमा हुने २१औं गोर्खा कपको तयारी पूरा भएको आयोजक तमुधिँ युकेले जनाएको छ । तमुधिं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा आफ्नै भवन द तमु नेप्लिज कम्यूनिटी सेन्टर मिचिटमा आइतबार आयोजिन पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । 

गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा उपस्थितिका लागि अध्यक्ष हरि गुरुङले अपिल गरे ।

पत्रकारहरु, तमुधिँका कार्यसमिति, सल्लाहकार र केही विशिष्ट व्यक्तिहरु उपस्थित कार्यक्रममा नयाँ स्पोर्टस् सेक्रेटरी तथा २१औं गोर्खा कप संयोजक क्या. दिपक घलेले २८ मे मा हुने भव्य कार्यक्रमबारे विस्तृत रुपमा प्रस्ट्याएका थिए । 

गोर्खा कपको उद्देश्य, आकर्षण, जिम्मेवारी, कार्य समूहको नियुक्ति, कार्ययोजना, समय रेखा, पुरस्कार, प्रायोजक, साइट लेआउट, खर्च, घटना सुरक्षा योजना, विविध बिन्दुहरुका बारे पावरपोइन्टको माध्यमबाट क्या. घलेले छर्लङ्ग पारेका थिए । यस पटक फुटबलमा टोटल ४४ वटा टिमले भाग लिने भएको छ । मुख्य टिममा ३२ टिम, भेट्रेनबाट १० टिम र लेडिजका २ टिम हुने जनाएको छ । पहिलो पटक पोखरा नेपालबाट “पोखरा ११”का खेलाडीहरु पनि भाग लिन आउने निश्चित भैसकेको छ । वेल्स र नेदरल्यान्डबाट पनि भाग लिने भएको छ । फुटबलको प्राय: पुरस्कारहरु प्रायोजकहरुबाट प्रबन्ध गरिएको बताइन्छ ।

 
 

पहिलो पुरस्कार नेपाल भिलेज टिमबाट २ हजार ५ सय पाउन्ड, दोस्रो श्री लक्की ज्वेलर्स, अल्डरसटबाट १ हजार ५ सय पाउन्ड, भेट्रेनको पहिलो पुरस्कार हेम्पसायर एकान्टेन्ट लिमिटेडबाट १ हजार २ सय पाउन्ड, दोस्रो मान ट्राभलबाट ८ सय पाउन्ड, लेडिज प्रथमलाई आइएमई नेपालबाट ५ सय पाउन्ड, लेडिज दोस्रोलाई ३ सय पाउन्ड किङ्ग्स गेट मोर्गेजेजबाट र घले मोगेजेजबाट १ हजार ६ सय पाउन्ड स्पोन्सर गरिने घलेले बताए । 

फुटबलबाहेक सांस्कृतिक नृत्य, कला र शिल्पका स्टल, कपडा दोकान, खाना र रेस्टुरेन्ट, व्यापारिक स्टलहरु, परोपकारी स्टलहरु, प्यारासुट डिस्प्ले हुनेछन् । ८३ वटा स्टल हुने आयोजकले जनाएको छ । जसमध्ये १४ वटा खानाको मात्रै स्टलहरु हुनेछन् । 

छेलो प्रतियोगिता पनि राखिएको घलेले बताए । छेलोको प्रथम पुरस्कार ४ सय पाउन्ड सेवा मोर्गेजेजले उपलब्ध गर्ने जनाइएको छ । सांस्कृतिक नाचका लागि एभरेस्ट क्यास एन्ड क्यारीले ५ सय पाउन्ड प्रायोजन गर्ने जनायो । पोटलु अभियानबाट १३० जना तमुधिं सदस्यहरुले ५० पाउन्डको दरमा सहयोग गर्ने कोषाध्यक्ष दुर्ग गुरुङले बताए ।  

४२ हजार पाउन्ड खर्च लाग्ने र ५४ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

यसपटक गोर्खा कपको भिभिआइपीहरुमा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने जनाएको छ। महानायक राजेश हमाल, गायक धिरज राईको पनि उपस्थिति रहने एसके गुरुङले गोर्खा मिडियालाई बताए । पत्रकारहरुको जिज्ञासालाई संयोजक घले र अध्यक्ष गुरुङले पूरा गरेका थिए । कुमार गुरुङको संयोजकमा टिम ड्र गराएको थियो । कार्यक्रममा पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल लगायत दर्जन बढी सञ्चारकर्मीहरुको सहभागिता थियो । 

महासचिव डा. विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । मिडिया सेक्रेटरी सविन्द्रकुमार गुरुङले पत्रकारहरुको परिचय र प्रश्नोत्तर कार्यक्रम संचालन गरेका थिए ।

यसैबीच, कार्यक्रमको प्रारम्भमा तमुधिं यूकेका संरक्षक एवं एनआरएनएका पूर्वअध्यक्ष डा शेष घले र राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलाई तमुधिंले स्वागत गरेको थियो ।  

 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »