तमुधिं यूकेले गर्‍यो २१ औं गोर्खाकपको समीक्षा, १८ लाख सहयोग दिने घोषणा

लन्डन ११ जून २०२३ । तमुधिं यूकेले गत मे २८ तारिखमा आयोजित २१ औं गोर्खाकपको समीक्षा गरेको छ । 

शनिबार १० जूनमा आफ्नै भवन मिचेटमा गोर्खाकप समीक्षा बैठक आयोजना गरिएको हो । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको बैठकको प्रारम्भमा उनले बैठकका एजेन्डाबारे जानकारी गराएका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखे भने कार्यक्रम सञ्चालन महासचिव डा विशाल गुरुङले गरे । 

बैठकको पहिलो चरणमा खेलकुद सचिव रि क्या दिपकराज घलेबाट गोर्खाकपको राम्रा र नराम्रा पक्षबारे संक्षिप्त जानकारी दिए । गोर्खाकपको आउँदो संस्करणमा के-के सुधार गर्नुपर्ने विषयमा पनि उनले बोलेका थिए । प्रायोजक र स्टलहरुको बारेमा उपाध्यक्ष कमल गुरुङले बताएका थिए । 

 
 

अथितिहरुबारे उपाध्यक्ष परशुराम गुरुङले, प्रशासनिक विषयमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले र प्रतियोगिताको आयव्ययबारे कोषाध्यक्ष दिलमाया गुरुङले प्रस्ट पारेका थिए । सल्लाहकार र सदस्यहरुले गोर्खाकपबारे बोल्दै सुधारका लागि सुझाव र सल्लाह दिएका थिए । यस वर्षको गोर्खाकप एलजी लोएन्सले हात पारेको थियो । अल्डरसटकै क्वीन्स एभिन्यू फुटबल ग्राउन्डमा भएको प्रतियोगितामा ४४ टिमले भाग लिएका थिए ।

संस्था र व्यक्तिहरूलाई १८ लाख सहयोग रकम घोषणा
तमुधिंको बैठकले गोर्खाकप प्रतियोगिताबाट बचत रकम विभिन्न संस्था र व्यक्तिलाई सहयोग गर्ने निर्णय समेत गरेको छ । जसअनुसार सिरिया र टर्की भूकम्पपीडितलाई £५०००.००, डा. हर्क प्रतिष्ठान रू ५०००००.००, चार भन्ज्याङ सेवा केन्द्र £१०००.००( करिब रू १६००००.००), वादी सरोकार संस्था रू १०००००.००, क्होईबो धिं लाम्तुन पर्बत रू १०००००.००, बेलायतमा मृत्यु भएकी सदीक्षा तामाङका परिवारलाई £५००.०० (करिब रू ८००००.००), कलाकार कृष्ण गुरूङ उपचार £५००.०० (करिब रू ८००००.००) रहेका छन् । 

बधाई तथा सम्मान 

दोस्रो चरणमा गोर्खा कप सफल बनाउन धेरै मिहिनेत गरेको भन्दै कार्यक्रम संयोजक दिपकराज घलेलाई अध्यक्ष हरि गुरुङ र आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले फेटा लगाएर सम्मान गरे । त्यस्तै हालै कास्की फुटबल संघको ब्रान्ड एम्बेस्डरमा मनोनीत भएका संस्थाका उपाध्यक्ष कमल गुरुङलाई फेटा र खादासहित बधाइ तथा सम्मान दिइएको थियो । 

यस्तै दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनका नवनिर्वाचित अध्यक्षमा प्रेमकुमार गुरुङ (पिके लामा), आमा समूह प्रमुख विन्दु गुरुङ, महासचिव कमल गुरुङलाई पनि फेटा, खादा र क्रमुले लगाइदिएर सम्मान गरिएको थियो । अन्त्यमा अध्यक्ष हरि गुरुङले गोर्खाकप सफल बनाउनमा कार्यसमिति, संरक्षक, सल्लाहकार, ट्रस्टी, बेलायतवासी नेपाली सबैमा धन्यवाद दिए भने आगामी दिनमा प्रतियोगिताका कमीकमजोरीलाई सुधार्दै लैजाने प्रतिबद्धतासहित बैठक समापन गरेका थिए । लगत्तै उपाध्यक्ष उपाध्यक्ष परशुराम गुरुङले आउँदो अगस्ट २७ आइतबार क्याम्पर्टन पार्कमा चौधौं नेपाली मेला तमुधिं यूकेले आयोजना गर्ने जानकारी गराएका थिए । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »