तमुधिं यूके आमा समूहद्वारा ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई सहयोग

लन्डन १७ जुलाई २०२३ । तमुधिं यूके आमा समूहले दौड प्रतियोगिताबाट संकलित ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई सहयोग गरेको छ ।

आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङको नेतृत्वमा प्रोस्पेक्टपार्क रेडिङ्गमा १६ जुलाई २०२३ आइतबार सम्पन्न ५ किलोमिटर ‘रेस फर लाइफ’ दौड प्रतियोगिताअन्तर्गत संकलित ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई प्रदान गरिएको हो । तमुधिं यूके आमा समूहको यो लगातार दशौं पटकको सहयोग हो र यो रकम अहिलेसम्मकै ठूलो सहयोग ।

यस पटकको दौडमा तमुधीं यूके आमा समूहका १७ जनाले सहभागिता जनाएका थिए । रेडिङ्गमा आमा समूहकी पूर्वअध्यक्ष पुनम गुरुङले संयोजन गरेकी थिइन् । आमा समूहकी निवर्तमान अध्यक्ष सिता मन्जु गुरुङ, पूर्वअध्यक्षहरु पुनम गुरुङ, पवित्र गुरुङ, प्रेमकुमारी गुरुङ, उपाध्यक्षद्वय कमला गुरुङ र जयन्ती गुरुङ तथा कार्यसमितिका अन्य धेरै सदस्यहरुले दौडमा भाग लिएका थिए ।

क्यान्सर रिसर्च यूकेबाट सम्पूर्ण धावकहरुलाई पदक प्रदान गरिएको थियो भने तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले प्रशंसापत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा चियापानी र खाजा भुजाको बन्दोबस्त गरिदिएकोमा आमा समूह बुद्धिष्ट गुम्बा रेडिङलाई अध्यक्ष हरि गुरुङले धन्यवाद र आभार प्रकट गर्दै कदरपत्र प्रदान गरे ।

प्रतियोगिताकै अवसरमा पूर्वआमा समूह अध्यक्ष रीता गुरुङ र पूर्वआमा समूह महासचिव यशोदा गुरुङले पनि पोखरा नेपालमा उत्ति नै दुरीको दौड सम्पन्न गरेका थिए । दौडमा हौसला र उत्साह बढाउन संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्षहरु परशु गुरुङ र कमल गुरुङ, महासचिव डा. बिशाल गुरुङलगायतको उपस्थिति थियो ।

सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको संयोजक सन्ध्या गुरुङले बताइन् ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »