तमु धिं युकेले गर्‍यो स्वागत तथा बिदाइ

तमु धिं युकेले नेपालबाट आएका विभिन्न कलाकार एवं महानुभावहरुलाई सम्मान गरेको छ । बेलायतस्थित आफ्नै भवनमा शुक्रबार स्वागत एवं बिदाइ कार्यक्रम भएको हो । १४ औं नेपाली मेलाको अवसरमा नेपाली कलाकारहरु बेलायत आएका थिए । 

जसमा कलाकार, फिल्म निर्माता एवं निर्देशक माओत्से गुरुङ, गुरुङ फिल्म निर्देशक तथा वरिष्ठ कलाकार ताराबहादुर गुरुङ, रोधिं कार्यक्रमको सञ्चालक बालकाशी गुरुङ, मिस मंगोल–२०१२, भ्लगर एण्ड कोरियोग्राफर सपना रोका, नायिका रजनी गुरुङ, व्यवसायी हिमाल गुरुङ, फोटो पत्रकार सुदर्शन रञ्जित तथा २ जना कोरियनलाई तमु धिं युके अध्यक्ष हरि गुरुङ, फस्ट लेडी सन्ध्या गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, सचिव विमल गुरुङ, लगायतले स्वागत एवं बिदाइ गरेका हुन् । 

fare (2)1694277190.jpg

कार्यक्रममा सम्बोधन गर्दै कलाकार, फिल्म निर्माता एवं निर्देशक माओत्से गुरुङले १२ वर्षमा खोलो फर्किने भन्थे आफ्नो जीवनको खोलो २० वर्षमा आएर फर्किएको उल्लेख गरे । उनले २००२ मा तमु धिं युकेको साधारण सदस्य थिए । अर्को वर्ष २००३ मा विविध कारणवश नेपाल फर्किनुपरेको बताए ।  जिफानका पूर्व अध्यक्ष समेत रहेका उनले आफ्नो कार्यकालमा फोटो पत्रकार मिलन तमुको संयोजकत्वमा शुभचिन्तकहरुको ठुलाे आर्थिक सहयोगप्रति आभार व्यक्त गरे । उनले जिफानले आफ्नै जग्गा खरिद र भवन निर्माण तयारी गरेको पनि बताए । 

 
 

मिस मंगोल–२०१२, भ्लगर एण्ड कोरियोग्राफर सपना रोकाले नेपालको पर्यटन प्रवद्र्धनका लागि वेल्समा आयोजित हाइक फर नेपालमा आएको बताइन् । युकेको नेपाली मेलामा आफूले होस्ट हुन पाउँदा निकै खुसी लागेको उनको भनाइ थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुले तमु धिं युकेको कार्यको उच्च प्रशंसा गर्दै अझ प्रगतिको कामना गरे । 

व्यवसायी हिमाल गुरुङले सम्मानप्रति धेरै धेरै आभार छु भनी धन्यवाद व्यक्त गरे । कार्यक्रममा माओत्से गुरुङले मायाको चिनो दिएका थिए भने बालकाशी गुरुङले ढाकाटोपी लगाइदिएकी थिइन् । 

कार्यक्रम तमु धिं युके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । स्वागत वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ र संचालन सचिव विमल गुरुङले गरेका थिए । 

fare (1)1694277218.jpg

1551694277438.jpg

fare (14)1694277319.jpg

 

fare (12)1694277307.jpg

fare (11)1694277295.jpg

fare (10)1694277294.jpg

fare (9)1694277283.jpg

fare (8)1694277282.jpg

fare (7)1694277271.jpg

fare (5)1694277268.jpg

fare (4)1694277259.jpg

fare (3)1694277257.jpg

375515865_2308734096182170_6436878925401546690_n1694282724.jpg

375208312_668810638527856_4688376963576350170_n1694282765.jpg

375481101_3483037055280690_2614148169966123036_n1694282810.jpg

375477274_986075302618487_283148337433921448_n1694282850.jpg

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »