तमुधिं यूकेद्वारा २३ सेप्टेम्बरमा डा. हर्क र डा. चन्द्र स्मृति दिवस र परोपकारी रात्रिभोज आयोजना

 तमुधिं यूकेले यही २३ सेप्टेम्बर २०२३ मा डा. हर्क गुरुङ र डा. चन्द्र गुरूङ स्मृति दिवस मनाउने भएको छ । सोही दिन परोपकारी रात्रिभोज आयोजनासमेत आयोजना हुने तमुधिं यूकेले जनाएको छ । 

शनिबार २३ सेप्टेम्बरमा मिचेटमा रहेको तमुधिं भवनमा दिउँसो ४ बजेदेखि कार्यक्रम हुने छ । तमुधिं यूकेले आफ्ना प्रथम संरक्षक तथा भूगर्भविद् डा. हर्क गुरुङ र प्रकृति संरक्षणका अगुवा डा. चन्द्रप्रसाद गुरुङको सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष स्मृति दिवस मनाइने गरेको छ ।  

डा. हर्क र डा. चन्द्रजस्तै तमुहरु फेरि उदाउन् भन्ने हेतुले परोपकारी भोजको आयोजना गर्ने गरेको तमुधिं यूकेले बताएको छ । उक्त भोजमा उठेको रकमले नेपालका गरिब तर जेहेन्दार तमु विद्यार्थीलाई सहयोग गरिन्छ । तमुधिं यूकेले दिवंगत नक्षत्रहरुलाई सम्झने र केही पूण्य कमाउन अपिल गरेको छ । 

 
 

तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु गरिब जेहेन्दार छात्रछात्राहरुको पठनपाठनको सहयोगार्थ अक्षयकोषको लागि सन् २००७ देखि हरेक वर्ष तमुधिं यूकेले केही रकम संकलन गरी प्रतिष्ठानलाई सहयोग गर्दै आइरहेको छ ।  

कुनै जेहन्दार तमु नानीलाई रु.१,२५०००/- प्रदान गरी निजी पढाउन सक्नेछन् । त्यसका लागि श्रीमान्/श्रीमतीको फोटो, नेपाल र यूकेको ठेगाना सम्पर्क नम्बर र ईमेल ठेगाना संयोजकलाई पठाउनु पर्ने हुन्छ । त्यस्ते स्वेच्छाको रकम प्रदान गरी सहयोग गर्न सकिने तमुधिं यूकेका उपाध्यक्ष तथा रात्रिभोज कार्यक्रमका संयोजक परशु गुरुङले जानकारी दिए । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »