लन्डनमा हुने १५औँ नेपाली मेलाको तयारी पूरा

लन्डन । लन्डनस्थित केम्पर्टनपार्कमा आगामी २५ अगस्ट २०२४ मा हुने १५औँ नेपाली मेलाको तयारी पूरा भएको छ । आयोजक तमु धीं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलनमार्फत मेलाको तयारीबारे जानकारी गराएको हो ।

454250537_383485371439463_1449792654888267600_n-1724002775.jpg
लन्डनस्थित नेपाली राजदूतावासको सहकार्यमा तमु धीं यूकेले आयोजना गर्ने मेला बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । आयोजक तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले यस पटकको मेलामा केही फरकपन दिने लक्ष्य रहेको र सोहीअनुरुप फरक झाँकी, रुट, स्टेजसमेत परिवर्तन गरिएको बताए ।

455334973_1591907215014926_5508154377305633934_n-1724002935.jpg
मेला सबै बेलायतवासी नेपालीको भएकाले उपस्थित भएर सफल पार्न सबैमा उनले अनुरोध गरेका छन् । मेलामा सात हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेका छन् । मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङका अनुसार मेलामा विभिन्न मौलिक झाँकी र नृत्यका लागि बेलायतस्थित ४२ नेपाली संघसंस्थाले सहभागिता जनाउने छन् । 

455702102_1241718920503601_4631901685378965520_n-1724002806.jpg
उनले मेलाको बारेमा ‘स्लाइड सो’ प्रेजेन्टेसन गरेर जानकारी गराएका थिए । मेला सम्पन्न गर्न करिब ३९ हजार पाउन्ड खर्च अनुमान छ । यसैगरी, विभिन्न प्रायोजक, दाता तथा प्रवेश शुल्कमार्फत ४३ हजार पाउन्ड आम्दानी हुने उनले जनाए । 

उत्कृष्ट झाँकी र नृत्य प्रस्तुत गर्ने समूहलाई १ हजार १०० पाउन्डको एम्बासडर कप प्रदान गरिने छ । उक्त पुरस्कार लन्डनस्थित नेपाली दूतावासले प्रायोजन गर्नेछ । यसैगरी, रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउन्डसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । 

455599799_1216938299462829_7471891673357764217_n-1724002834.jpg
झाँकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई ५०० पाउन्ड, रनरअपलाई ३०० पाउन्ड र सेकेन्ड रनरअपलाई २०० पाउन्ड नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।

एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउन्ड प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । मेलाको अर्को आकर्षणका रूपमा रहेको राफल ड्र मा ३००, २०० र १०० पाउन्ड पुरस्कार राखिएको छ ।  मेला हेर्न १२ वर्षभन्दा माथिकालाई ५ पाउन्ड, कार पार्किङका लागि ५ पाउन्ड शुल्क तोकिएको छ । १२ वर्ष मुनीका बालबालिकालाई भने प्रवेश शुल्क लाग्नेछैन । 

455025419_1674375293320952_5525942248792357780_n-1724002868.jpg
मेलामा नेपाली खाना, हस्तकला, पोसाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका ५० वटा व्यापारिक स्टल रहने र यो अझ बढ्ने आशा गरिएको उनको मेला संयोजक तथा उपाध्यक्ष गुरुङले जानकारी दिए । 

मेलाले बेलायतको नेपाली समुदाय र संघसंस्थाबीच सम्बन्ध प्रगाढ बनाउन एवं स्थानीय समुदायमा नेपाली कला, संस्कृति, रहनसहन र परम्परा चिनाउन मद्दत पुगेको पनि उनले बताए । मेलामार्फत नेपाली कला संस्कृति, भेषभूषा दोस्रो पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको छ । आपतकालीन अवस्थामा प्राथमिक उपचार र सुरक्षा व्यवस्था मिलाइएको छ।

454250537_811365664136930_4434862666800276233_n-1724002971.jpg
पत्रकार सम्मेलन संस्थाका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारलाई परिचय गराए । संस्थाका अध्यक्ष र आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले पत्रकारहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

सो अवसरमा तमु धीं यूकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित अध्यक्ष विमला सेनेसहित कार्यसमितिलाई रूपमा स्वागत तथा सम्मान गरेको थियो । यसैगरी, नेपालबाट आएकी नेपाल प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारी, इन्टरनेसनल ट्रेनर एन्ड कोच इन्द्रबहादुर गुरुङ, साइकोलोजिस्ट एन्ड इनर्जी हिलर राजिश्वरी श्रेष्ठ गुरुङ र छोरा आकाशा हिलर रोनाल्ड गुरुङ तथा कलाकार लक्ष्मी गुरुङलाई पनि सम्मान गरिएको थियो । 

455140616_458776490327415_2212679774403430516_n-1724003008.jpg
तमु धीं यूकेले मेला सम्पन्न गर्न उपाध्यक्ष परशु गुरुङको संयोजकत्वमा ७० जना रहेको आयजक समिति गठन गरेको थियो । अन्त्यमा पत्रकारले राखेको जिज्ञासाको संयोजक र अध्यक्षले जवाफ दिएका थिए । 

मेलाका प्रमुख प्रायोजकहरू नेपाली बियर, भरान हेल्थ केयर, एनआरएनए यूके, वाईबीसी, मोमो स्टेसन, गोर्खा ग्रोसरी, होली काउ, मोमो किङ, आईआरओ सुसी, कभी कफी रहेका छन् । 

455026853_485248930884167_8061398268900389462_n-1724003035.jpg
सो अवसरमा तमु धीं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्षहरू ज्ञाम गुरुङ र नन्दजंग गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार सूर्य गुरुङ तथा आइसीसी सदस्यहरू ले.रि.  चन्द्रबहादुर गुरुङ र दिलरास गुरुङ, काउन्सिलर धनबहादुर सार्कीसहित तमु धीं यूकेका ट्रस्टी, सल्लाहकार, आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ तथा पदाधिकारी, इकाई समिति अध्यक्षलगायत सहभागी थिए ।

454522195_462001176673909_1238413108819110241_n-1724003067.jpg
तमु धीं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा सन् २००९ देखि ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ मेला गर्दै आएको छ । पत्रकार सम्मेलनमा दुई दर्जनभन्दा बढी पत्रकारको उपस्थिति थियो । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »