रेस फर लाइफमा तमु धीं यूके आमा समूहको सहभागिता, १ हजार ९०० पाउन्ड सहयोग

लन्डन । बेलायतको गील्फोर्डमा सम्पन्न ‘क्यान्सर रिसर्च यूके रेस फर लाइफ’ मा तमु धीं आमा समूह यूकेका २० धावक सहभागी भएका थिए । शनिबार भएको दौडमा तमु धीं यूकेका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति थियो । 

तमु धीं यूके आमा समूहले बर्सेनि सहभागिता जनाउँदै आएको छ । दौड क्यान्सर रोग विरुद्ध जनचेतना जगाउने अभिप्रायले बेलायतमा हरेक वर्ष हुने गरेको छ ।

450845325_1593891474803760_4417142356340601650_n-(1)-1721486292.jpg
जसमा तमु धीं आमा समूह यूकेका अध्यक्ष सन्ध्या गुरुङको संयोजकत्वमा २० जना धावक सहभागी भएका थिए ।  उनीहरूले गिल्डफ़ोर्ड स्टोर्क पार्कमा ५ किलोमिटर दौड पूरा गरी आर्थिक सहयोगसमेत गरेका छन् । यस वर्ष तमु धीं आमा समूह युकेको तर्फबाट क्यान्सर रिसर्च रेस फर लाइफलाई १ हजार ९०० पाउन्ड हस्तान्तरण गरिएको हो । 

449385026_989248086314733_589954494454122197_n-1721485925.jpg
गील्डफोर्डमा भएको दौडमा १ हजार ५०० जना धावक सहभागी भएका थिए । यो च्यारिटीबाट विश्वव्यापी रूपमा २०० थरिका क्यान्सरबाट पीडित महिला, पुरुष तथा बालबालिकाको उपचार र उन्मुलनमा खर्च गरिनेछ । 

सन् १९९४ मा लन्डनबाट सुरु भएको यस दौडमा पहिलो वर्ष ७५० महिला सहभागी भएका थिए । त्यसयता हरेक साल सहभागीको संख्या वृद्धि भइरहेको छ । बेलायतका विभिन्न शहरमा विभिन्न समयमा हुने दौडमा सहयोग गर्न पाउँदा गौरवान्वित महसुस भएको तमु  धीं आमा समूह यूकेले जनाएको छ । 

450840639_882888220347155_707319149323766877_n-1721485959.jpg
यस सत्कार्यमा सहभागी हुन नसके पनि स्पोन्सर गरेर साथ दिने सहयोगी दाता, मिष्ठान्न भोजन सयोजक तमु धीं आमा समूह, तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष एबं एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङलाई धन्यवाद दिइएको छ । 

यसैगरी, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ,  ट्रस्टीज एवं सल्लाहकार एकेन्द्र गुरुङ, पूर्वकोषाध्यक्ष दीपक गुरुङ, लाल गुरुङलगायत कार्यसमिति सदस्य र हौसला दिन उपस्थित तमु धी यूके परिवार, आमा समूह र अनुपस्थित भएर पनि सहयोग गर्ने तमु धीं यूके तथा सहयोगी मनप्रति धन्यवाद व्यक्त गरिएको छ ।

450845322_1846738069127742_7042176145560742111_n-1721486001.jpg
450936961_827894532654622_2105721046524076399_n-1721486041.jpg
450938675_988779656372621_4210970962628977583_n-1721486081.jpg
452037106_464928012833812_2442460699427699252_n-1721486114.jpg
450936191_2076032559459256_6564482459232884792_n-1721486141.jpg

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »