बेलायतमा नेपालमय बन्यो १५ औं नेपाली मेला

लन्डन । तमुधिं युकेले हरेक वर्ष आयोजना गर्दै आएको प्रसिद्ध नेपाली मेलाको १५ औं संस्करणले बेलायतस्थित केम्पर्टन पार्क आइतबार नेपालमय बन्यो । तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनकी कार्यवहाक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा आयोजित समारोह अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनबहादुर गुरुङ र १५ औं नेपाली मेला कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर आरम्भ गरेका थिए ।

मेलाका पाहुना र सहभागीको स्वागत र तयारीका लागि तमु धीं युकेको पदाधिकारी, कार्यसमिति, आमा समूहलगायत आयोजक टिम बिहानैदेखि मेलास्थलमा उपस्थित थिए । जब १० बजेपछि दर्शक र अतिथिहरुको आगमन हुँदै थियो, त्यसमा आयोजक टिमले गेटमा खादा, मालाले स्वागत गरी नौमती बाजासहित मञ्चतर्फ ल्याएको थियो । प्रमुख अतिथि कार्यवाहक राजदूत खनाल, एनआरएनएका अध्यक्ष बद्री केसी लगायतको उपस्थितिलगत्तै विशेष अतिथि र अतिथिहरुमार्फत रिबन काटेर नेपाली मेलाको सेलेब्रेसन गरिएको थियो ।

received_388944870891029-1724668675.jpeg
received_364288983397810-1724668702.jpeg
मेलाको प्रमुख आकर्षणको रुपमा रहेका थिए एम्बास्डर कप, एनआरएन कप, विभिन्न सांस्कृतिक झाँकी प्रतिस्पर्धा, सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम । मेलामा बेलायतमा सक्रिय विभिन्न जातीय, क्षेत्रीय र अन्य प्रकृतिका संस्थाहरुले झाँकी प्रस्तुति र प्रतिस्पर्धामा भाग लिए । नेपाली झन्डा, संस्थाको लोगोअंकित झन्डा, मौलिक पोसाक, बाजा, नाच, परम्परा झल्किने विभिन्न सामग्री बोकेका थरि थरिका झाँकीले मेलामा सहभागीको मन तानिथ्यो । तमु धीं युकेले आयोजना गर्ने भए पनि बेलायतबासी नेपालीको साझा मेलाको रुपमा स्थापित नेपाली मेलामा बर्सेनि बढ्दै गएको सहभागिताले आयोजक उत्साहित देखिन्थ्यो । आयोजक तमु धीं युकेका अध्यक्ष हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, १५ औं नेपाली मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले यस वर्षको नेपाली मेला सफल भएको प्रतिक्रिया जनाएका छन् ।

received_363318476832209-1724668749.jpeg
received_508356508599778-1724668772.jpeg
मेलाको अवसरमा भएको एम्बास्डर कपमा विजेता पासा पुच गुठी, उपविजेता किरात याक्थुङ चुम्लुङ युके र तेस्रो स्थान किरात राई यायोक्खा युकेले ओगट्न सफल भयो । एम्बाडर कप प्रथम स्थान हासिल गरेको पासा पुच गुठीले ११०० पाउन्ड, दोस्रो कियाचुले ७०० पाउन्ड, तेस्रो किरायाले ५०० पाउन्ड, नगद तथा प्रमाणपत्रलगायत पुरस्कार पाएका छन् । सान्त्वना पुरस्कार भने शेर्पा समाज यूकेले जितेको छ । ती संस्थाहरुलाई प्रमुख अतिथि कार्यवहाक राजदूत रोशन खनाल, संस्थाका अध्यक्ष हरि गुरुङ, प्रायोजकहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस्तै उत्कृष्ट झाँकी प्रस्तुत गरी पासा पुच गुठी यूकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड, दोस्रो किरात याक्थुङ चुम्लुङ युकेले ३०० पाउन्ड र किरात राई यायोक्खा यूके तेस्रो स्थान ओगट्दै २०० पाउन्ड पुरस्कार प्राप्त गरेको छ । त्यस्तै नेपाली मेलाको नृत्यतर्फ किरात याक्थुङ चुम्लुङ युकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड पुरस्कार प्राप्त गरेको छ । दोस्रो बनेको पासा पुच गुठी यूकेले ३०० पाउन्ड पुरस्कार प्राप्त गरे भने किरात राई यायोक्खा यूकेले तेस्रो स्थान सुरक्षित गरी २०० पुरस्कार प्राप्त गर्न सफल भएको छ। एनआरएनए कप पनि पासा पुच गुठीले जित्न सफल रह्यो । 

प्रेसिडेन्ट च्वाइसको ५ सय पाउन्ड किरात राई यायोक्खा युके पाएको थियो ।

received_1039602217618514-1724668847.jpeg
received_1654080812099693-1724668883.jpeg

हरेक वर्ष जस्तै यस वर्ष पनि सिकारी सरदार वंशु(वंश)स्मृति प्रतिष्ठान ढोरजस्तुर तनहुँ बेलायत शाखाबाट झाँकी प्रदर्शनमा सहभागी भएको थियो ।

यस वर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ ४० टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १८ टिमले भाग लिएका थिए ।

मेलाको अवसरमा तमु समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, मगर संघ युकेका संरक्षक तथा साहित्यकार घन बहादुर थापा मगर, कृष्णा थापा मगर, सगरमाथा आरोही जोर्डन क्षेत्री, विनोद चिपालुलाई तमु धीं युकेले सम्मान गरेको थियो ।

तमु धीं युकेका सल्लाहकार साहित्यकार एकेन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकीको निर्णायक मण्डलमा मगर संघ युकेका ट्रष्टी तथा पत्रकार जमुना पुन, समाजसेवी तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका निवर्तमान अध्यक्ष, सुमलकुमार गुरुङ, गीतकार शशी थापा सुब्बा र वरिष्ठ संगीतकार दिनेश सुब्बा रहनुभएको थियो भने नृत्यतर्फको निर्णायक मण्डलमा कलाकार कबिता घर्तीमगर, लक्ष्मी गुरुङ र अस्मिता रानामगर रहेका थिए ।

नेपाली मेलामा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल, एनआरएनए आईसीसीका अध्यक्ष बद्री केसी, एनआरएन युकेका अध्यक्ष हित काजी गुरुङले मन्तव्य राखेका थिए ।

नेपाली मेलाको झाँकी र नृत्य प्रतियोगिता कार्यक्रम उद्‌घोषक तथा उद्‌घोषिकाहरु सूर्य गुरुङ, योगेश गुरुङ, पुनम गुरुङ र हेलिसा गुरुङले गरेका थिए । नेपाली मेलामा कलाकारहरु राजन गुरुङले उहीँ खोली पानी, उहीँ खोलाको माछा गीत गाएर दर्शकलाई नभाए भने शिवदास गुरुङले देशभक्ति नृत्य, आरुषी मगरले गैरी खेतको शिरै हान्यो गीतमा नाचिन् भने नेसन पुनले पनि गीत आ-आफ्नो प्रस्तुति देखाए ।

नेपाली मेलाको मुख्य आकर्षणहरुमध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, राफल ड्र, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, जनचेतनामूलक स्टलहरुलगायत विभिन्न व्यावसायिक स्टलहरु रहेका थिए ।

कार्यक्रममा विशेष अतिथिहरुमा गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री तथा सांसद जितप्रकाश आले, नेपालका संविधानसभाको सभासद तारा राई, एनआरएनए आईसीसीका अध्यक्ष बद्री केसी, विभिन्न देशका राजदूतलगायत कूटनीतिक नियोगका पदाधिकारीहरु उपस्थिति थियो ।

यस्तै नेपाली राजदूवासका अन्य काउन्सिलरहरु, सैनिक सहचारी अनुप शाह, एनआरएन युकेका अध्यक्षलगायत बेलायतमा स्थापित विभिन्न संघ संगठनका अध्यक्षहरु तथा प्रतिनिधिहरु थिए ।

कार्यक्रम तमु धीं युकेका महासचिव डा. बिशाल गुरुङले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष तथा नेपाली मेला संयोजक परशु गुरुङले स्वागत मन्तव्य दिए ।

कार्यक्रममा तमु धीं युकेका संस्थापक अध्यक्ष मिनबहादुर गुरुङ, पूर्वअध्यक्षहरु सुबाससिङ गुरुङ, रामचन्द्र गुरुङ (सुर्जे), ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, आमा समूहका वर्तमान अध्यक्ष सन्ध्या गुरुङ, निवर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु संस्थाका बुद्धिजीवी तथा प्रबुद्धवर्ग, कार्यसमिति सदस्यलगायत हजारौंको उपस्थिति रहेको थियो ।

received_1257817941871114-1724669483.jpeg

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »