गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता

बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद महोत्सवको रूपमा चिनिने गोर्खा कप फुटबल प्रतियोगिताको २३औँ संस्करण सम्पन्न भएको छ। अल्डरसटस्थित क्वीन्स एभिन्यू खेलमैदानमा आयोजित प्रतियोगितामा १५ हजारभन्दा बढीको सहभागिता रहेको दाबी गरिएको छ।

फुटबलसँगै नेपाली संस्कृति, खानपान, परम्परा र जीवनशैली झल्किने विविध सांस्कृतिक गतिविधिहरूले मेला झनै आकर्षक बनेको थियो।

मेन क्याटेगोरी अन्तर्गत प्रतिस्पर्धामा रहेका ३२ टिममध्ये नेपाल ड्रिम टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो। फाइनलमा गुरुजी एलिटलाई पराजित गर्दै नेपाल ड्रिमले गोर्खा कपको उपाधिसहित ३ हजार पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता गुरुजी एलिटले १ हजार ८०० पाउन्डसहित ट्रफी र प्रमाणपत्र पाए।

व्यक्तिगत विधामा मेन टिमतर्फ नेपाल ड्रिमका सक्थिम चेम्जोङ ‘वेस्ट म्यानेजर’, गुरुजी एलिटका रोबेल नाल्बो ‘टप गोल स्कोरर’ र नेपाल ड्रिमका ईश्वर गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

भेट्रान र महिला क्याटेगोरीको नतिजा
भेट्रानतर्फ हिमालयन एफसीले ४–० को जितसहित उपाधि उचालेको हो। इन्टेक २००० रनरअप बन्यो। विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

भेट्रानतर्फ व्यक्तिगत पुरस्कारमा ‘वेस्ट म्यानेजर’ हिमालयन एफसीका कुमार थापा, ‘टप गोल स्कोरर’ डा. सन्दीप गुरुङ, र ‘प्लेयर अफ द म्याच’ खुम गुरुङ घोषित भए।

महिलातर्फ दुई टिमबीच भएको प्रतिस्पर्धामा रन्डर बोल्ट्स एफसीले तीन गोल गर्दै उपाधि जित्यो भने तामाङ समाज यूके उपविजेता बन्यो। महिलातर्फ विजेताले ६०० पाउन्ड र उपविजेताले ४०० पाउन्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। ‘वेस्ट प्लेयर’को उपाधि गरिमा राईले पाइन्।

‘लिजेन्ड अफ द फुटबल’ लोकप्रसाद चेम्जोङलाई
तमुधिं यूकेले यस वर्षदेखि प्रारम्भ गरेको ‘लिजेन्ड अफ द फुटबल’ उपाधि धनकुटाका लोकप्रसाद चेम्जोङलाई प्रदान गरियो।

सांस्कृतिक कार्यक्रम र विशिष्ट उपस्थिति

खेलसँगै सांगीतिक माहोल पनि उत्तिकै जीवन्त थियो। नेपालबाट आएकी गायिका प्रिया गुरुङ तथा स्थानीय कलाकारहरूले सांगीतिक र नृत्य प्रस्तुति दिए।

पुरस्कार वितरण समारोहमा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, नेपाली राजदूत चन्द्र कुमार घिमिरे, बेलायती सांसद अलेक्स बेकर, रसमोर बरो काउन्सिलका मेयर काउन्सिलर क्यालुम स्टेवार्ट, खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ लगायतको उपस्थिति रहेको थियो।

राजदूत घिमिरेले गोर्खा कपले नेपाली समुदायलाई एकतामा बाँध्ने र बेलायती समाजमा समायोजन (‘इन्टिग्रेसन’) गर्न भूमिका खेलेको प्रशंसा गरे। अध्यक्ष गुरुङले सबै सहयोगी, प्रायोजक र दर्शकप्रति आभार व्यक्त गरे।

कार्यक्रमको सञ्चालन महासचिव डा. विशाल गुरुङले गरेका थिए भने खेल संयोजक दीपक घलेले स्वागत मन्तव्य दिएका थिए।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »